हेडलाईनसमाचारAll

मादी नदीले पाटनमा गरेको कटानको क्षति रोक्न जुट्यो नगरपालिका

दमौली खबर संवाददाता
दमौली, मंसिर १९ । मादीनदीले कटान गरेको व्यास नगरपालिका–५ पाटन क्षेत्रको क्षति रोक्न व्यास नगरपालिका जुटेछ । लामो समय देखि वर्षायामा कटान गर्दै आएपछि  गर्दा मारमा परेका वासिन्दा नगरपालिकाले चासो दिएर संरक्षण जुटेपछि स्थानीय वासिन्दामा खुसी छाएको छ ।  कटान क्षेत्रमा जालीमा ढुङ्गा भरेर टेवा पर्खाल लगाउने कार्य नगरपालिकाले सुरु गरेपछि स्थानीय वासिन्दामा खुसी छाएको प्रभावित बासिन्दा तथा पाटन टोल विकास सस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।
व्यास नगरपालिका–५पाटनका करिब ६६३ घरधुरी नदी कटानको जोखिममा परेपछि नगर प्रमुख वैकुष्ठ न्यौपानेले चासो दिएर संरक्षण जुट्नु भएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।  गत ०७८ भदौ ९ गते मादीनदीको कटानले ६६३ घर जोखिममा भन्ने व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले तत्कालै स्थलगत अवलोकन गरी बस्ती संरक्षणको लागि पहल गर्ने आश्वसन दिनुभएको सोही अनुसार काम भएको टोलका अध्यक्ष श्रेष्ठ बताउनुुहुन्छ ।  नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु.दुई करोड पचास लाखको लागतमा ग्याबिन वाल लगाउन थालिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताउनुभयो
व्यास–५ को पाटनमा १०२ मीटर र व्यास–३ को भतेरीमा २५८मीटर लामो ग्याबिन वाल लगाएर संरक्षण गर्न उक्त बजेट बिनियोजन भएको उहाँले जानकारी दिनुभयो  ।
व्यास–५ पाटनका ६६३ र व्यास व्यास– ३ का ४०० घर गरी करिब एक हजार एक सय घर नदी कटानको जोखिममा रहदै आएका थिए ।
पाटन तर्फ तीन सय मीटरमा ग्याबिन वाल लगाउने योजना भएपनि पहिलो चरणमा एक सय दुई मीटरमा ग्याबिन वाल लगाउन प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।
नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएको थियो ।
मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको थियो । दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एम आर एण्ड गु्रप प्रा.लि.ले निर्माणको जिम्मा पाएको नगरपालिकाले जनाएको छ ।
 वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, भूपू भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको क्षति हुने देखिएको छ ।
तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।
व्यास नगरपालिकाले मादीनदीले कटान गरी जोखिम बनाएको पाटन,दमौली,सिसाघाट बजार,कलेस्ती बजार,गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न संघ सरकारबाट बजेट बिनियोजन भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
गत बर्ष रु.पाच करोड र यसबर्ष २९ करोड बिनियोजन भएको छ । उनले भने, ‘बर्षेनी नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भैरहेको न्यौपाने बताउनुहुन्छ । मादी नदीलाई थुनेर ताल बनाउने कार्य पनि नगरपालिकाले अघि बढाईरहेको छ ।
Show More

Related Articles

Back to top button