समाचार

महिला संघ भिमादको महिला भेला सम्पन्न

नेपाल महिला संघ भिमाद नगरपालिका वडा नं ५ को आयोजित महिला भेला सम्पन्न भएको छ । भेलाको सम्बोधन गदै नेपाल महिला संघकी पुर्व केन्द्रीय सदस्य एवम् म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरूषलाइ तालिम दिनुपर्ने बताएकी छन् । महिला अब धेरै अगाडि बढिसकेको , सक्षम बनेको तर घरमा पुरुषको अगाडि बोल्न नसकेको उनको भनाइ थियो ।

उनले भनिन्, ‘महिलालाइ कसरी हेर्ने कस्तो ब्यबहार गर्ने , समाजमा स्थापित कसरी गराउने भन्ने बारेमा पुरुषले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । ’ उनले अघि भनिन्,‘ अब महिलाले उपमेयर , उपाध्यक्ष , वडासदस्य खोज्ने होइन , मेयर , अध्यक्ष खोज्ने हो । नेपाल महिला संघमा इमानदारीता छ , नैतिकता छ , तर कम्युनिस्टमा इमानदारीता केही छैन ।’ नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति जितप्रकास आलेले चुनावको बेलामा भोट फकाउन विभिन्न आश्वासन दिएर जनतालाई झुक्याइ झण्डै दुई तिहाइ ल्याइ जितेको भए पनि कम्युनिस्टले देशलाई लुट्ने काम मात्रै गरेको बताए ।

कति दुख गरेर बनाएको संबिधान लाई कम्युनिस्ट सरकारले च्यात्ने काम गरेको आलेको भनाइ थियो । लुटेको सम्पत्ति बाँडफाँडमा कुरा नमिलेपछि कम्युनिस्ट २ चिरा भएको आलेले ठोकुवा गरे । बैशाखमा हुने भनिएको चुनाव गराउनका लागि घोषणा भएको होइन , देशलाई बितिथिमा लानको लागि मात्रै हो आलेले भने । काङ्ग्रेस नेता इन्दिरा खनालले कैयौं मानिसको बलिदानि बाट आएको लोकतन्त्र अहिले केपी वलि सरकारले जोखिममा पारेको बताइन् ।

बृद्धभत्ता ५ हजार दिन्छु भन्दै कम्युनिस्ट सरकारले झुठो आश्वासन बाँडेको तर ब्यबहरमा त्यो नभएको खनालको भनाइ थियो । यस्तै अर्का बक्ता चुडामणि खनालले घर घरमा ग्यास पाइप , रेल भन्दै कम्युनिस्ट सरकारले फोस्रा ठुलाठुला आस्वासन जनतालाई दिएको भए पनि परिणाममा कम्युनिस्ट सरकारले अस्थिरता भ्रस्टाचार , बलात्कार नेपाली जनतालाई दिएको बताए । हत्याराहरू लाइ आममाफि दिने काम कम्युनिस्ट सरकारले गरिरहेको खनालको भनाइ थियो ।

कार्यक्रममा , रसमायाँ गुरुङ , यम खाँड , आनन्द देव श्रेष्ठ , चन्द्रकला भट्टराई , शिला घिमिरे , इश्वरि अधिकारी , शारदा गैर्हे , पार्वती वि क , रोमाया थापा , देवि सुवेदी , बिहिसरा राना , तारा अधिकारी लगायतका बक्ताहरूले महिला संघको बारेमा बोलेका थिए ।मोनिका गैर्हे को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कल्पना गैर्हेले र स्वागत ज्योति गैर्हेले गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button