सम्पादकीय

महिलाहरु विभेद छिचोल्न जागरुक हुनु जरुरी

छोरीले शव बोक्न तथा काजक्रिया गर्नु हुँदैन भन्ने सामाजिक मान्यता अहिले पनि छ । यही मान्यताले गर्दा छोराको आशमा छोरीको भ्रुणमै हत्या गर्ने गरेको अवस्था छ । कुरुतीलाई तोड्ने हिक्मत तनहुँको सदरमुकाम दमौली बजार नजिकै रहेको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाल आश्रममा आबद्ध महिलाहरुले गरेका छन् । यो कार्यको जति प्रशंसा गरेपनि कमी हुँदैन ।
पुरानो कुरुतिलाई अन्त्य गर्न र छोरा र छोरीबीचको भेदभावलाई अन्त्य गर्न महिलाहरुले करीव ४ किलोमिटर सम्म बोकेर सेतीमादी नदीको सङ्मस्थल दमौलीघाटसम्म बोकेर नयाँ सन्देश देशैभरी गएको छ । आश्रममा आश्रित ९० वर्षीय मिठुमाया केसीको मृत्यु भएपछि महिलाहरुले शव बोकेर घाटसम्म पु¥याएका सामाजिक सचेतना जगाएका छन् ।  ‘मन्त्र जप्ने ओठ भन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाहरुले आफू आफूमा चन्दा सङ्कलन गरी साहारा बिहीन जेष्ठ नागरिकको लागि आश्रम सञ्चालन गरिनु आफैमा पवित्र काम हो  ।
हाल सम्ममा आश्रममा आश्रित ६ जनाको मृत्यु भइसकेको छ र उनिहरु सबैको शव महिलाहरुले काँधमा बोकेर घाटमा बोकेर लगेका छन् । त्यो शाहसको लागि आश्रमका महिलाहरुको जति प्रशंसा गरेपनि कमी हुन्छ । यस्तै कार्य अरुले पनि गर्ने कि । यो कार्यको लागि सस्थाको नेतृत्व गर्ने सावित्री श्रेष्ठ लगायत सबै टिम बधाईको पात्र बन्नु भएको छ ।

Show More

Related Articles

Back to top button