तनहुँमा ११३ वर्ष र १०४ वर्षका दुई वृद्धाले मतदान गरेर दुई सन्देश प्रदान गर्नु भएको छ । मतदान गर्नु पर्छ र मानिस दिर्घायु भएर बाच्न सकिन्छ भन्ने । तनहुँको भानु नगरपालिका–५ सेपाबगैंचा स्थित ११३ वर्षिय गोपीमाया पोख्रेल र आँबुखैरेनी गाउँपालिकाको –१ स्थित सत्रसय निवासी १०४ वर्षीया वृद्वा मनकुमारी लामिछाने मतदान गरेर विशेष गरेर मतदानको लागि उमेर छेक्देन भन्ने सन्देश फैलाउन टेवा पुगेको छ । अर्को पटक पनि भोट हाल्ने धोको रहेको उहाँहरुले बताउनु भएको छ । देशभरी ६१ प्रतिशत र तनहुँमा ५५ प्रतिशत मात्रै मत खस्नुले मतदातामा उत्साह नदेखिएको बेला तनहुँका जेष्ठ नागरिकले मतदान प्रयोग गरिनु पर्छ भन्ने उदाहरण दिनु भएको छ । विशेष गरेर राजनीतिक पार्टीको काम प्रति जनताको चित्त नबुझ्नु र राजनीतिक पार्टीले पनि भोट खसाल्नको लागि उत्प्रेरणा नदिएकोले मतदानमा कमी आएको हो । जुन जोगी आएपनि कानै चिरेका भन्ने अवस्था नआईनका अब निर्वाचित जनप्रतिनिधीले जनताको हितमा काम गर्ने र सुशासनलाई प्राथमिकता दिन आवश्यक छ ।
Related Articles
फूल खेतीलाई प्रवंद्धन गरिनु उपयुत्त
October 18, 2023
भारद्धाज गोत्रीय थामे अधिकारीले धुमधामसँग कुल पुजा मनाए
March 6, 2023
भट्टराईले चुनाव जित्ने वक्ताहरुको ठोकुवा
April 10, 2023
Check Also
Close
-
डेङ्गु नियन्त्रण गर्न तनहुँ रेडक्रसले थाल्यो अभियान
October 6, 2023

