समाचारव्यासनगरपालिका

भ्रष्टाचार र अनियमितताको अन्त्यका लागि एकजुट बनौँ : युवा नेता जोशी

<span;>युवा नेता तथा व्यास नगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले व्यास नगरपालिका भित्र भएका भ्रष्ट्राचार र अनिमितताको अन्त्यको लागि एक जुट हुन नगरवासीलाई आग्रह गर्नु भएको छ । नेता जोशीले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरि सो आग्रह गर्नु भएको हो ।
<span;> विज्ञप्तिमा व्यास नगरपालिकामा पछिल्लो समय देखिएका भ्रष्टाचार, अनियमितता, स्रोत साधनको दुरुपयोग, अपारदर्शी निर्णय प्रक्रिया र सार्वजनिक सम्पत्तिको अव्यवस्थित व्यवस्थापनप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा फोहोर व्यवस्थापन सम्बन्धी जग्गा खरिद प्रकरण मा सार्वजनिक भएको अडियोले प्रशासनिक पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको उल्लेख छ । विज्ञप्तिमा नगरका प्रतिनिधिहरू जनताको हितविपरीत स्वार्थसिद्धिमा लिप्त भएको देखिएको आरोप विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा फोहोर व्यवस्थापन जग्गा खरिद प्रकरणको निष्पक्ष छानबिन सहित स्वतन्त्र समिति गठन गरी दोषीलाई कानुनी कारबाही गर्न आग्रह गरिएको छ । विगतका घोटालाहरूको विस्तृत अनुसन्धान गर्दै जनप्रतिनिधि तथा कर्मचारीहरूको संलग्नता स्पष्ट पारियोस् भनि माग राखिएको छ । भविष्यमा यस्ता अनियमितता रोक्न सुधार लागू गरि, सार्वजनिक सम्पत्तिसम्बन्धी निर्णयमा जनताको सहभागिता सुनिश्चित गरिनु पर्ने माग जोशीको छ । साथै विज्ञप्तिमा नगरको सुशासन, पारदर्शिता र जनहित रक्षा गर्न सम्पूर्ण नगरबासी, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायलाई एकताबद्ध हुन अपिल गरिएको छ ।

Show More

Related Articles

Back to top button