विचारUncategorized

भोक, रोग र सोखको चोपेटामा परेको भुजेल गाँउ

”कोही नेपाली भोकै बस्दैन, कोही नेपाली भोकले मर्दैन। किनभने यस देशमा जनताको सरकार छ।” प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिले अहिले उनी आफैलाई नै गिज्याइरहेको छ। हाल कोरोना कहरका बीच निमुखा नेपाली जनता रोगसँगभन्दा भोकसँग लड्न विवश छन ्। गाँउमा कुनै नयाँ मानिस देख्ने बित्तिकै आफनो व्यथा सुनाउन थाल्छन् ६७ वर्षीय सोम बहादुर भुजेल । तीन वर्ष देखि खाटमा पल्टिरहेकी आफ्नी ६० वर्षीया मनिसराको रेखदेखमा उनको दैनिक बित्छ । आफ्नौ परिवारमा अन्य सदस्य नभएपछि उनी आफनो जीवन साथीको रेखदेख र घर धान्ने गर्छन् ।

गाँउमा कोही नयाँ मान्छे आएपछि उनले आफनो बेथा र पिडा सुनाउदै भन्छन् ,‘भुटुन नहालेका तरकारी नखाएको तीन महिना भएछ । ’ भत्किएको घरमा ओत लिएर बसेका सोमका जोडीले उज्यालाको भविष्यको खोजीमा छन् । बाथ रोगले च्यापेर थला परि खाटमा सुतेकी मनिसरालाई आर्थीक उपचारको कारण अस्पताल लैजान सकेका छैन् । उनि भन्छन्,‘ घरमा खानेकुरा खाने पैसा छैन, कता बाट उपचारको लागि लैजानु म बुढो मान्छेले । ’ उनले थपे,‘नुन र भुटुन नहालेको तरकारी नखाएको तीन महिना पुग्यो, झन श्रीमतीलाई औषधी उपचार कहाँ बाट गर्न सक्नु । ’

भत्किएको घरको ओत लागेर बसेका उनिहरुलाई चर्को घाम पनि पोल्छ, वर्षाको पानीले पनि भिजाउछ । नामै मात्र घर छ उनीहरुको । सोमको जोडी मात्र होईन सोही गाँउमा रहेको बिमाया भुजेलको जोडी पनि उस्तै अवस्थामा छ । भत्कीएको गोठको सहारा लिएर बसेका छन् । बायाँ पटि खुटा भाँचिएपछि उनले एक महिना देखि हिडन सकेकी छैनन् ।

आर्थिकक. अवस्था नाजुक भएकाले उनले अस्पताल सम्म उपचार गर्न समेत जान पाएकी छैनन् । उनले भनिन,‘उपचार गर्न जान पैसा नभएपछि घरमै पटी बाधेर बसेको छु, खाना लाउन सकेको छैन कता बाट उपचार गर्नु । ’ त्यो गाँउ दुई जना जोडीको मात्र समस्या होईन उक्त गाँउ नै विपन्न वर्गमा छ । डोको नाङलो बुनेर घर चलाउन उनिहरुको सबै घर घरको आ–आफनो बेथा छ । बजार क्षेत्र बाट टाढा रहेको उक्त गाँउमा युवाहरु पनि छैनन् । रोजगारीको लागि कोही विदेश गएका छन् भने कोही बाह्य जिल्लामा । गाँउमा केही पर्दा तत्काल काम गर्न बालबालिका र वृद्ध बाहेक कोही युवाहरु पनि छैनन् । गाँउमै युवाहरुलाई राख्न उक्त क्षेत्रमा कृषि, पर्यटन सम्बन्धी विभिन्न योजना लैजान स्थानिय तहले पहल देखाउन अतिआवश्यक देखिन्छ ।

गाँउनै बनाउन लायान्स क्लबको गुरु योजना

यसैबीच उक्त गाँउमा लायान्स क्लब अफ पोखरा पिपल चौतराीले गाँउनै बनाउन क्लब तयार रहेको बताएको छ । शुक्रबार क्लबका समितिले तत्काल आवश्यक पर्ने खाद्यन सामग्री सहित लत्ताकपडा लिएर उक्त गाँउमा पुगेको थियो । दुई परिवारलाई सहयोग गर्न पुगेको टोलीले गाँउमा नै ठुलो सहयोगको आवश्यक रहेको भन्दै क्लबले स्थानिय तह सँग समन्वय गरि गुरु योजना निर्माण गर्ने भएको छ । क्लबका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठ, सचिव डा. विवेक लम्साल लगायतले भुजेल परिवारको स्वास्थ्य परिक्षण गदै तत्काल स्वास्थ्य शिविरको कार्यक्रम ल्याउने अध्यक्ष श्रेष्ठले बताए । उनले भने,‘गाँउमा आर्थीक अवस्था कमजोर भएकाले घरमै रोग पालेर बस्ने गरेको भेटियो, अब छिटै स्वास्थ्य शिविर लिएर आउने छौ । ’ उनले थपे,‘ चेतनाको कमीले घरमै रोग पालेर बस्न बाध्य छन् ।

गाँउकै सबैको स्वास्थ्य परिक्षण गर्न आवश्यक देखिन्छ । ’ क्लबको टोली गाँउमा रहेका बिरामीहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक पर्ने औषधी लिएर आउने बताएका छन् । वडा अध्यक्ष कृष्णप्रसाद लामिछानेले क्लबको सँग समन्वय गरि गुरुयोजनामा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तत्कालको लागि दुई घरमा पाल, खाद्यन सामग्री, लत्ताकपडा, उपचार गर्न केही रकम सहयोग गरेको क्लबका सदस्य अबिजित श्रेष्ठले बताए । साथै क्लबले दुई परिवारको घर मर्मत तथा निर्माण पनि गरिदिने भएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका जोन चियर पर्सन शिवबहादुर खड्का, सदस्य बालकृष्ण न्यौपाने र आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष बसुन्धरा घर्तीको सहभागिता रहेको थियो ।

Show More

Related Articles

Back to top button