समाचारAll

भारतको अयोध्या लैजाने शिलाको आज दमौलीमा दर्शन तथा पुजन कार्यक्रम गरिने

दमौली खबर संवाददाता

दमौली, माघ १२

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ ।

वसन्त पञ्चमीको अवसर पारेर म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको हो । सो देव शिलाको आज शुक्रबार दमौली स्थित जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो १२ बजे व्यास गुफा जाने बाटोमा दर्शन तथा पूजन कार्यक्रम राखिएको छ । सो कार्यक्रममा सहभागी हुन विश्व हिन्दु परिषद नेपालका केन्द्रीय महासचिव जितेन्द्र सिंहभक्तजनलाई आग्रह गर्नु भएको छ ।

बिहीबार बिहान ८ बजेको साइतमा बेनी नगरपालिका ९ स्थित गलेश्वर धाम मन्दिरमा पूजापाठ,भजनकृत र विभिन्न जातजातिका झाँकी सहित दुई थान शिला जनकपुरधाम स्थित जानकारी मन्दिरका लागि पठाइएको थियो ।

गलेश्वर देखि बेनी बजार सम्म शिलासहित शोभा यात्रा गरिएको छ । १६ र २६ मेट्रिक टन तौल भएका राम र सीता नामकरण गरिएको दुई थान शिलालाई दुई छुटाछुटै ट्रकमा राखिएको छ ।

शिलालाई पोखरा, दमौली, देवघाट, जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । काली गण्डकीको शिला अयोध्यामा लगेर राम र सीताको मूर्ति बनाउनुले कालिगण्डकी र गलेश्वर क्षेत्रको धार्मिक पर्यटनलाई समेत ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शिला लिन अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कज सहित आउनुभएको छ ।

 

कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा धार्मिक र संस्कृति महोत्सव बढ्ने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।

Show More

Related Articles

Back to top button