हेडलाईनसमाचार

बीपी स्मृति दिवस भव्य रुपमा सम्पन्न

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा विपी विचार समाज तनहुँको आयोजनामा मङ्गलबार दमौलीमा गरिएको एक दिवसीय विचार गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । ‘वर्तमान नेपालको राजनीतिक सन्दर्भ र वीपीको विचार विषयक एक दिवसीय विचार गोष्ठी आयोजना गरिएको हो ।
विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङको प्रमुख आथित्यतामा कार्यक्रममा सम्पन्न भएको थियो । सो अवसरमा गुरुङले विपीले दिएको मार्गदर्शन अनुसार नेपाली काँग्रेस नचलेकोले पार्टीमा विचलन आएको बताउनुभयो । तनहुँको राजनीतिकमा विपी विचार समाजमा आबद्ध सदस्यले निर्वाचनलाई प्रभावित बनाउन सक्ने शक्ति रहेको गुरुङले बताउनुभयो । ‘तनहुँको निर्णायक राजनीतिक शक्ति हामी नै हो’ गुरुङले दाबी गर्नु भयो ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा तनहुँका सभापति हरिशरण पण्डितले नेपाली काँग्रेस १२ बुँदे दिल्ली सम्झौता देखि नै राजनीतिक दर्शनमा चुकेको बताउनुभयो । जनआन्दोलन २०६२÷०६३ को माग एकातिर र नेपालको संविधान २०७२ को लेखन अर्कोतिर रहेको उल्लेख गर्दै पण्डितले यो संविधान लेखनमा विदेशीको स्वार्थसिद्ध भएको र वास्तविक नेपाली जनताले हारेको बताउनुभयो । विपी एक राजनीतिज्ञ मात्र नभएर सिद्धान्तनिष्ठ, दार्शनिक भएको उल्लेख गर्दै वीपीलाई काँग्रेसले नै बुझ्न नसकेको बताउनुभयो ।
समाजका गण्डकी प्रदेशका पूर्व सचिव परशुराम गिरीले यो व्यवस्थाले भष्ट्राचार र भ्रष्ट्राचारीलाई प्रसय दिएको उल्लेख गर्दै वास्तविक नेपाली जनताले महंगो कर तिर्ने, र आफ्नो बालबच्चालाई बैदेशिक रोजगारीमा पठाएर जीवन धान्नु पर्ने परिस्थिती आएको बताउनुभयो । कार्यक्रममा समाजका उपसभापति क्या. रेशमबहादुर गुरुङ, सचिव पञ्चबहादुर गुरुङ, समाजका सदस्य इन्द्रप्रसाद पौडेल, प्रतापसिंह अधिकारी लगायतले विपीले प्रतिपादन गरेको सिद्धान्त अनुसार काँग्रेस नचलेकोले देश झनै गरीवि र अनिर्णयको बन्दी हुन पुगेको तथा जनताको अवस्थामा झनै नाजुक हुँदै गएकोकोले अहिले पनि विपी विचारको सान्दर्भीकता बढीरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा समाजका सदस्य एवम् शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

Show More

Related Articles

Back to top button