Uncategorizedपत्रपत्रिकाबाट

बन्दिपूरमा एक घर एक धारा

दमौली खबर संवाददाता
जेठ २८
हिउँदे लाग्नेबित्तिकै खानेपानीको समस्या झेल्दैआएका बन्दिपूर गाँउपालिका ४ र ५ चुनपहराको गाउँमा अब यो समस्या टर्ने भएको छ । दुवै वडालाई समेट्ने गरी ‘एक घर एक धारा’ योजनासहितको चुनापहरा खानेपानी योजना निर्माण सुरु भएको छ । बन्दिपूर ४ र ५ का ३ सय घरमा खानेपानीको सुविधा पु¥याउन प्रदेश सरकारले उक्त योजनामा लागि एक करोड ५० लाख र लागतमा खानेपानी योजना निर्माण सुरु गरेको हो । । खानेपानीको चरम समस्या झेल्दैआएका दुवै वडावासी खानेपानी आयोजना निर्माणको काम सुरु भएकोमा राहत हुने आशामा छन ।

आगामी दुई वर्षमा सक्नेगरी सुरु गरिएको यो आयोजना सम्पन्न भएपछि दुवै वडामा खानेपानीको समस्या समाधान हुने अपेक्षा स्थानीयको छ । योजनाबाट दुई वटा वडामा खानेपानी आपूर्ति गरिने चुनापहरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव सुरज जोशीले बताए  । ‘हाम्रो लक्ष्य २ वर्षमा सक्ने हो,’ उनले भने, ‘बजेटमा भर पर्ने कुरा हो । समयमा बजेट आए सकिन्छ । नआए वर्षौं लाग्न पनि सक्छ ।’ खानेपानी योजनाको बुधबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले शिलान्यास गरे । मन्त्री चुमानले उक्त खानेपानी आयोजनाका लागि बजेट अभाव हुन नदिन सम्बन्धित ठाँउमा आफूले आग्रह गर्ने प्रतिबद्धता जनाए ।

उनले गण्डकी प्रदेश पाँच वर्ष भित्रमा सबै ठाँउमा एक घर एक धारा अभियान पूरा गर्ने लक्ष्य सहित खानेपानी क्षेत्रमा काम गरिने दाबी गरे । योजनाहरू समयमा सम्पन्न गर्ने, मर्मत गरेर पुग्ने योजनाहरू मर्मत गर्ने तथा आवश्यक थप योजनाहरूसमेत यस अवधिमै सकेर स्वच्छ पिउने पानीयुक्त जिल्ला बनाउन सबै स्थानीय तहलाई जागरुक बनाउने बताए । गाँउपालिका अध्यक्ष पूर्णसिं गुरुङले खानेपानी समस्या समाधान गर्न यो आयोजना महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरे । उनले चुनावमा हरेक घरमा एउटा खानेपानीको धारा पु¥याउने प्रतिबद्धता गरेअनुसार प्रदेश सरकारबाट यस वर्ष काम सुरु गरिएको बताए ।

Show More

Related Articles

Back to top button