Uncategorized

पोखरा पुगेर फर्कनेहरुलाई बन्दीपुरले तान्दै ,

भ्रमण बर्षको लागि बन्दीपुरको बन्दोवस्ती आकर्षक

सविन लामिछाने

भ्रमण वर्ष २०२० मा गण्डकी प्रदेश सरकारले १३ लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको छ ।प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा सुचिकृत गरेका मध्ये तनहँुको बन्दिपूर पनि एक गन्तब्य हो । गण्डकी प्रदेशमै पोखरा पछिको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा बन्दीपूरलाई लिने गरिएपनि त्यसबाट अपेक्षित प्रतिफल भने आउन सकेको छैन । पोखरा बाट फर्केका पर्यटकहरुको लागि पृथ्वीराजमार्ग अन्र्तगत बन्दिपूरको डुम्रेबाट छोटा दुरीमा रहेको छ बन्दिपूर । नेपाल भ्रमण वर्ष सुरु भएसँगै तनहुँको बन्दीपुरमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत वर्ष डेढ लाखको संख्यामा पर्यटक भित्रिएको यस क्षेत्रमा यो वर्ष त्यसलाई वृद्धि गर्ने योजना रहेको छ । पर्यटकीय नगरी मानिने तनहुँको बन्दीपुरमा अहिले दैनिक पाँच(सात सयको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि आउने गरेका छन् ।

सफा र सुन्दर रहेको बन्दीपुरमा प्राचीन तथा कलात्मक घरहरु भएकाले पनि पर्यटक आकर्षित भएका हुन् । उनीहरुलाई राम्रो सेवा दिन बन्दीपुरमा सुविधासम्पन्न होटेलहरु समेत निर्माण गरिएको छ । भ्रमण बर्ष सुरु भएसँगै बन्दीपुर आउने पर्यटक दश÷पन्ध्र प्रतिशतसम्म बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष बैस गुरुङले बताए । पर्यटन वर्षलाई लक्षित गरि त्यहाँ व्यवसायीहरुले स्थानिय उत्पादनलाई जोड दिएका छन् । यहाँ आउने अधिकांश पर्यटक होटेलमा बस्ने गरे तापनि होमस्टेप्रतिको आकर्षण पनि बढ्दै गइरहेको छ । होमस्टेमा स्थानीय खानाका परिकार, मनोरञ्जन, संस्कृति र रीतिरिवाजको जानकारी हुने भएकाले यसप्रतिको मोह बढ्न थालेको हो । होमस्टेमा आउने पाहुनाहरु खुसी भएर फर्किने गरेकोे बन्दीपुर सामुदायिक होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाको भनाइ छ ।

आन्तरिक पर्यटकका साथसाथै युरोप, अमेरिका, चीनलगायतका स्थानबाट पनि पर्यटकहरु आउने गरेका छन् । होमस्टेकी कोषाध्यक्ष कृष्णकुमारी थापाले उपेक्षीत अनुसार नै बाह्य र आन्तरिक पर्यटन आउने गरेको बताईन्गाँउपालिका,स्थानिय व्यवसायहरु, होमस्टेहरुको समन्वयमा भ्रमण वर्ष सफल बनाउन सबै लागि लागि परेका छन् । अर्थतन्त्रमा टेवा पुग्ने हिसाबले विभिन्न खालको कार्यक्रमहरु अगाडी बढाएको होमस्टे एसोसिएसन नेपाल गण्डकी प्रदेशका उपाध्यक्ष राजु बानियाँले बताए । प्रकुतिदेखि हातो माले गदै धुवाँ, धुलो, बाट टाढा बस्नको लागि बन्दिपूर उत्कुष्ट गन्तव्यको रुपमा विकास भएको । भक्तपुरे शैलिमा निर्माण गरिएको संरचनाहरु, खेल मैदान, हरियाली डाँडा,शहिद पार्क यहाँ आउने पर्यटकलाई आर्क्षित गर्ने स्थल हुन् ।

Show More

Related Articles

Back to top button