समाचारविचारUncategorized

पर्यटन व्यवसायलाई उठाउन गाँउपालिका र व्यवसायी समन्वय गरि अघि बढ्दै

पहाडकी रानी बन्दिपूरमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै ६ महिना देखि सुनसा नबनेको उक्त ठाँउमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको छ । शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा गति दिने व्यवसायले विश्वास लिएका छन् । भ्रमण वर्ष २०२० सफल बनाउनको अरबौ लगानी गरेका व्यवसायीको धरापमा पर्न थाले पछि पर्यटन व्यवसायीलाई उठाउन गाँउपालिका र व्यवसायी समन्वय गरि अघि बढ्न खोजेका छन् । आईतबार विश्व पर्यटन दिवस २०२० को अवसरमा पर्यटन व्यवसायी सँग छलफल गदै गाँउपालिकाले व्यवासायी सँग हातेमाला गदै अघि बढ्ने बताएको छ ।

छलफल कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले महामारीमा थला परेको पर्यटन व्यवसायलाई उठाउन गाँउपालिका तत्पर रहेको बताए । उनले भने,‘बन्दिपूरको प्राथमिकता नै पर्यटन प्रवद्र्धन गर्नु हो, महामारीमा थला परेको व्यवसायलाई उठाउन हामी व्यवसायी सँग समन्वय गरि अघि बढ्ने छौ । ’ त्यस्तै गाँउपालिकाकी उपाध्यक्ष करुणा गुरुङले महामारीको प्रभावमा परेको व्यवसायीलाई सहयोग गर्ने गरि पर्यटन क्षेत्र उठाउनको लागि योजना ल्याईने बताईन् । उनले भनिन्,‘आगमी दिनमा कसरी पर्यटनव्यवसायी फस्टाउन सकिन्छ ?, त्यसमा सबैले ध्यान दिन आवश्यक छ । ’ महामारीको कारण आम्दानी स्रोत नहुदाँ सुरक्षाको सामग्री किन्न समेत ग्राहो रहेको बताउदै बैंक कर्जा तिर्न नसकेको बन्दिपूर पर्यटन विकास समितिको कोषाध्यक्ष फुलमती थापाले गुनासो व्यक्त गरिन् ।

व्यवसायी वैंश गुरुङले स्थानिय तहले व्यवसायहरुको लागि केही राहतको कार्यक्रम ल्याउन आवश्यक रहेको बताउदै सम्बन्धीत निकायको सहकार्य आवश्यक रहेको बताए । पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा व्यवसायीहरुले आन्तरिक पर्यटनलाई जोड दिदै सबैको सहकार्यको आवश्यकता रहेको बताए । बन्दिपुर बजार क्षेत्रमा ७७ वटा होटलका ६०५ वटा कोठामा पन्ध्र सय पाहुना अट्ने क्षमता रहेको छ। त्यस्तै बजार क्षेत्रमै चार होमस्टेका १ सय ८५ घरमा ३ सय ८३ जना पाहुना अट्न सक्छन्।

Show More

Related Articles

Back to top button