समाचार

पुलमा राजनीति तीन प्रहरी हिरासतमा बसेर निस्किए पौडेल

जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञा ताोड््दै मोटरेबल पुल उद्घाटन गर्न पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहँु प्रहरीले नियन्त्रणमा लिएको छ । तालघरे दुम्सीचौर सडक अन्तर्गत पर्ने व्यास नगरपालिका –१, १० र ११ जोड्ने बुल्दी खोला माथी निर्माण गरिएको पक्कि मोटरेबल पुल उद्घाटन गर्न पुगेका पौडल सहित नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले लगायत नेता कार्यकर्ता पनि प्रकाउ परे । २ बजेपछि नियन्त्रणमा लिएको प्रहरीले साढे ५ बजे छाडेको थियो ।

पुल उद्घाटनको बिषयमा विवाद उत्पन्न भएपछि तनहुँ प्रशासनले बुधबार मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । नेकपा तनहुँ र राष्ट्रिय युवा संघ तनहुँले पुल निर्माण गरेको सम्बन्धित कार्यालयको सहमतिबिना पुल उद्घाटन हुन लागेको भन्दै बुधबार दिउँसो विरोध जनाएका थिए । प्रशासनले सम्भाावति जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ । तनहुँका साहयक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पौडेलकै सुरक्षाका निम्ति प्रहरीले नियन्त्रणमा लिएको बताए ।

पुल उद्घाटनको निम्ति अगाडी बढ्दै गर्दा रोक्न खोजेको प्रहरीसंग कांग्रेसका नेताा कार्यकर्ताको झडप भएको थियो । झडपमा संविधान सभा सदस्य रामचन्द्र पोखरेलसहित तीन कांग्रेस नेता घाइते भएका छन् । संविधान सभा सदस्य पोखरेललाई प्रहरीले तीन पटकसम्म लाठी प्रहार गरेको तनहुँ कांग्रेस सचिव विश्व बाँस्तोलाले जानकारी दिए । बास्तोलाको अनुसार कांग्रेस सचिव लक्ष्मी आचार्य र महासमिति सदस्य रामचन्द्र अधिकारी पनि घाइते भएका छन् । घाइते तीनै जनाको रत्नहरि अस्पताल दमौलीमा उपचार भैरहेको छ । सचिव आचार्यको टाउकोमा चोट लागेको छ । महासमिति सदस्य अधिकारीको ढाड र खुट्टामा चोट लागेको जनाईएको छ ।

यस अघि पुल उद्घाटनको विरोधमा प्रशासन घेराउ गर्न पुगेका युवा संघ तनहुँका संयोजक ईश्वर बस्यालसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले बनाएको पुल प्रतिपक्ष दलले उद्घाटन गर्ने भनेपछि नेकपा तनहुँले बिरोध जनाएको हो । नेकपाका नेता कार्यकर्ताले प्रदर्शन गर्ने तथा पुल उपभोक्ता समितिले उद्घाटन गरिछाड्ने दाबी गरेपछि प्रशासनमा बसेको सुरक्षा समितिको बैठकले झडप हुन नदिन भन्दै निषेधाज्ञा जारी गरेको जनाएको छ ।

तत्कालीन जिल्ला बिकास समिति एसएनआरटिपी परियोजनाअन्र्तगत निर्मित पुल २०७३ वैशाखबाट निर्माण सुरु भएर २०७५ कार्तिकमा सम्पन्न भएको हो । पुल बने पनि पक्की बाटो लगायतका संरचना बन्न बाँकी हुदाँ उद्घाटनमा ढिलाई भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले बताए । २ करोड ५४ लाख रुपैयाँमा निर्मित पुलको निर्माण दुई बर्ष अगाडी सकिएपनि पुलको उद्घाटन भने गरिएको थिएन् । कांग्रेस बाहुल्यता रहेको निर्माण उपभोक्ता समितिले आफ्ना नेता गृह जिल्ला आएका बेला उनीबाटै पुल उद्घाटन गराउन चाहेको थिए । नेकपा श्रेष्ठबाट पुलको उद्घाटन गराउन चाहन्थ्यो भने कांग्रेस पौडेलबाट ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयबाट पत्र आएकाले हाल कार्यक्रम नगर्नु भनेको तर झडप नै हुने अवस्था आएपछि निषेधाज्ञा जारी गर्नु परेको बताए । मंगलबार पौडेलले मास्दी घाटमा व्यास नगरपालिका–१४ र ऋषिङ गाउँपालिका–३ जोड्ने सेती पुलको पनि उद्घाटन गरेका थिए । उक्त पुल पनि नेकपा समर्थकले रामचन्द्रलाई चुनावमा हराएर संघिय सांसद कृष्णकुमार श्रेष्ठ किसानद्धारा उद्घाटन गराउन चाहान्थे । पौडेलले उद्घाटन गरेपछि विवाद सुरु भएको थियो । सम्भावित दुर्घटनाको जोखिमलाइ मध्यनजर गर्दै बुधबार बिहानैदेखि सदरमुकाम दमौली र आसपासको क्षेत्रमा सुरक्षा कडा पारेको थियो । कांग्रेस र नेकपा दुवैले शक्ति प्रदर्शन गर्न थालेपछि दमौलीमा जनपथ र सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Show More

Related Articles

Back to top button