समाचार

पुरुष मृत फेला

आँबुखैरेनीमा एक पुरुषको मृत्यु भएको छ । आबूखैरेनी गाउँपालिका २ नारीघाट स्थित धनराज गुरुङको जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका ५५ वर्षीय समय निरौला मृत फेला परेका हुन् । सात वर्षदेखी उक्त घरमा बस्दै आएका निरौलाको ठेगना भने खुलेको छैन । दुई दिनदेखि घरको ढोका नखुलेपछि सोमबार बिहान ८.३० बजे ढोका खोलेर हेर्दा निरौला मृत अवस्थामा फेला परेको जानकारी प्रहरीले दिए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Show More

Related Articles

Back to top button