समाचार

अस्ताए काँगे्रस नेता सिग्देल

नेपाली कांग्रेसका तनहुँका पूर्व सचिव एवम् शुक्लागण्डकी क्षेत्रका सामाजिक अगुवा नारायण सिग्देलको निधन भएको छ ।राजधानीको ह्यांस् अस्पतालमा निमोनियाको उपचारका क्रममा उनको आईतबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।उनमा फोक्सोको पनि समस्या देखिएको थियो । स्वर्गीय सिग्देलको शुक्लागण्डकी को घारीमा परम्परा अनुसार सोमबार अन्तिम संस्कार गरिने छ ।

उनको निधनमा कांग्रेस नेताहरुले शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।यसैबीच नेपाली काँगे्रसका पूर्व सहमहा मन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशीले नेता सिग्देलको निधन प्रति दुख व्यक्त गरेका छन् । सामाजिक संजाल मार्फत उनले नेता सिग्देलको निधनप्रति दुख व्यक्त गरेका हुन् । पंचायत कालिनमा प्रजातन्त्रको पुनस्थापनको लागि सिग्देलको योगदान रहेको बताउदै नेता जोशीले उनको योगदानलाई भुल्न नहुने बताए ।

Show More

Related Articles

Back to top button