साहित्यAll

पर्‍यो अब फाटो

पर्‍यो अब फाटो
मित्रलाल पंज्ञानी

प्यारा थिए नेताहरू प्यारो थियो पार्टी
जनताले बनाएका निकै दुःख काटी
हेर्दा हेर्दै पत्तालमा खस्तै गए तल
धोका पाए जनताले, विश्वासको फल !

अन्यायको बाटातर्फ लाडिएर गए
जनताको मर्मबाट टाढिएर गए
दौडेको छ सुख जति आफै भोग्नतिर
पत्तो छैन भैँतहकोे वेदना र पिर

सँगै जान सकिँदैन पर्‍यो अब फाटो !
जनताले खोजेको छ अघि जाने बाटो

Show More

Related Articles

Back to top button