Uncategorizedजीवनशैली

पत्रकारलाई स्वास्थ्य सामग्री वितरण

कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने दमौलीका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । रिर्पोटरस क्लब नेपाल गण्डकी प्रदेश संयोजनमा दमौलीका युवा व्यवसायी विनोदकुमार वि.क विकासले दमौलीका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि (एन–९५) मास्क, र स्यानेटाइजर प्रदान गरिएको हो ।

पत्रकार महासंघको भवनमा सामाजिक दूरी कायम गर्दै ती सामग्री वितरण गरिएको थियो । स्वास्थ्य सामग्री वितरण गदै कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ तनहँु शाखाका अध्यक्ष ओमकार आर्चायले स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र सन्चारकर्मीहरु अगंपङतीमा बसेर काम गर्ने हुनाले कोरोनाको जोखिम बढि रहेकाले सवाधानी अपनाउनु पर्ने बताए । उनले पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गर्नेलाई विकासलाई धन्यवाद ज्ञापन गदै पत्रकारहरुलाई काम गर्न हौसला मिलेको बताए ।

उनले भने,“कोरोनाको जोखिम पत्रकारहरुमा पनि छ । सावधानि अपनाएर आफनो कर्म गर्न आवश्यक देखिन्छ । ” लेखक समेत रहेको वि.कले महामारीको बेलामा अंगपङतीमा बसेर काम गर्ने सञ्चारकर्मीलाई सहयोग गर्नु कर्तव्य रहेको बताए । उक्त कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध ४० जना पत्रकारहरुलाइ हुने गरि ४०÷४० थान मास्क र सेनिटाईन महासंघलाई उपलब्ध गराईएको थियो ।

 

Show More

Related Articles

Back to top button