शुभकामनापत्रपत्रिकाबाट

ने.वि.स.को ५१ औं स्थापना दिवसमा लकडाउन प्रभावितलाई खाद्यन्न सामाग्री वितरण

राम धामी

आँबुखैरेनी, बैंशाख ६ गते ।

नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसर पारेर आँबुखैरेनीमा लकडाउन प्रभावित विपन्न वर्गका २० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दिनेश के.सी. र नेपाल तरुण दल आँबुखैरेनी गाउ कार्य समितीका उपाध्यक्ष बादल थकालीको संयुक्त पहलमा आज शनिबार वडा नं. ३ को पानी घट्ट टोल, छबिसे टोल, श्रीकृष्ण प्रणामी मन्दिर लगाएतका स्थान गरी २० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । प्रत्येक घरधुरीलाई १० किलो चामल, २ पोका तेल, डेढ किलो दाल, १ पोका नुन र श्रीकृष्ण प्रणामी मन्दिरमा २० किलो चामल, ४ पोका तेल, ३ किलो दाल, २ पोका नुन वितरण गरिएको वडा नं. ३ का वडा सदस्य दिनेश के.सी.ले जानकारी दिनुभयो । लोकतन्त्र प्रेमी विद्यार्थीहरुलाई स्थापना दिवसको शुभकामना दिदै विपतको समयमा लकडाउन प्रभावितहरुलाई राहत स्वरुप खाद्यन्न सामाग्री वितरण गरिएको तरुण दल आँबुखैरेनीका उपाध्यक्ष थकालीले बताउनुभएको छ ।

Show More

Related Articles

Back to top button