हेडलाईनUncategorized

नेता जोशीको कार्यबाही विरुद्ध हस्ताक्षर संकलन सुरु

नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृह मन्त्री गोविन्द राज जोशीलाई पार्टीले गरेको कार्यबाही विरुद्ध तनहँुमा हस्ताक्षर संकलन सुरु गरिएको छ । पार्टीको १४ औं महाअधिवेशन तोकि सकेको परिस्थितीमा अन्याय पूर्ण ढंगले झुठा आरोप लगाई पार्टीको केन्द्रिय अनुशासन समितिले गरेको कारबाही प्रति तनहँुका जोशी निकट कार्यकताले आपत्ती जनाउदै निर्णय विरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन् । संकलन गरिएको हस्ताक्षर पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने र कारबाही फुकुवाको अनुरोध गर्ने जोशी निकट क्रियाशिल सदस्यहरुले बताएका छन् । क्रियाशिल सदस्यहरु अनुसार तत्काल नेता जोशीको कारबाही फुकवा नगरेमा जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

Show More

Related Articles

Back to top button