हेडलाईनसमाचार

मानेचौकामा एक करोडको खानेपानी आयोजना निमार्ण वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जानुपर्छ ः नेता जोशी

नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री एवंम् पूर्व गृहमन्त्री गोविन्दराज जोशीले वर्तमान अवस्थामा काँगे्रस निर्वाचनमै जान उत्तम रहेको बताएका छन् । काँगे्रस प्रजातान्त्रीक पार्टी रहेको बताउदै उनले निर्वाचनमा नै जानु उपयुक्त विकल्प रहेको धारणा व्यक्त गरे । बुधबार भानु नगरपालिका वडा नं ११ को मानेचौका खानेपानी आयोजनाको उद्घाटन गदै उनले सो कुरा बताएका हुन् । उनले भने,‘काँगे्रस देश र जनताको लागि काम गर्ने पार्टी भएका हुदाँ अन्तरराष्ट्रिय मुल्य र मान्यता अनुसार आफनो सिद्धान्तमा अडिक भई कार्यगर्नका लागि वर्तमान अवस्थामा निर्वाचनमा जाँदा पार्टीलाई राम्रो हुन्थो । ’

उनले अघि भने,‘ सरकार चलाउनेहरु बीच अन्तरद्धन्द तीव्र बढेको अवस्थामा देशमा सरकार छ की छैन भन्ने स्थितीमा पनि काँगे्रस प्रति पक्षको भूमिकामा बसेर आफनो एजेन्डा अघि सार्न सकिरहेको छैन । ’ वर्तमान अवस्थामा काँगे्रसले नयाँ ढङग्ले अगाडी बढ्यो भने र देशभरिका कार्यकर्ताहरुलाई मिलाएर लैजाने हो भने फेरी पनि काँग्रेसले सरकार चलाउन सक्ने स्थिती सृजना हुने नेता जोशीले बताए । यसैबीच नेता जोशीले आगमी पार्टीको चुनाव देखि स्थानिय, प्रदेश र संघको चुनावमा यदि पार्टीलाई मिलाएर जान सकेन भने फेरी पनि तनहँुमा काँगे्रसको ठूलो हारहुने बताए ।

उनले भने, ‘पार्टी नमिलेको खण्डमा प्रत्येक स्थानिय निकायको चुनावमा स्वतन्त्र रुपमा सबै उम्मेद्धारहरु उठ्न सक्ने सम्भावनाहरु बढेर जानेछ । ’ उनले अघि भने,‘यदि पार्टीले अझै मेलमिलापको नीति अपनाउदै भने जनताले चाहेको उम्मेद्धार स्वतन्त्र रुपमा उठेर जनतलाई सेवागर्नका लागि आफु तत्पर रहेको छु । ’ नगरप्रमुख उदयराज गौलीले प्रदेश सरकारको एक घर एक धारा अभियान अन्र्तगत नगरको र प्रदेश सरकारको सहयोगमा खानेपानी आयोजना निर्माण भएको बताए ।

उनका अनुसार उक्त खानेपानी आयोजनाबाट तीनसय भन्दा बढी घरधुरी लाभान्वित भएकोे बताए । उनले भने,‘अब मानेचौकावासीहरुले डोकोमा पानी बोक्नुपर्ने छैन । हामीले यसको समस्या हटाएका छौं । ’ उक्त खानेपानी आयोजना एक करोड एक लाखमा निर्माण भएको खानेपानी आयोजनाका अध्यक्ष राजेन्द्रराज जोशीले जानकारी दिए । उक्त खानेपानीलाई दुई वटा ट्याङकीमा विभाजन गरि दुई टोलमा वितरण गरिएको बताए ।

त्रिभुवन क्याम्पस संचालक समितिका अध्यक्ष टेकबहादुर गुरुङ, वडा अध्यक्ष तारानरेश पौडेल, नगर सदस्य केशबहादुर गुरुङ र सरस्वती श्रेष्ठ, विपि विचार समाजका जनजाती नेता शुकुमलाल गुरुङ नेपाल शिक्षक संघका पूर्व अध्यक्ष गणेशबहादुर खत्री , त्रिभुवन माबिका अध्यक्ष विमलराज जोशी, नेकपा माओवादीका जिल्ला सदस्य भरत थापा लगायतले बोलेका थिए ।

उक्त कार्यक्रम संचालन आयोजनाका सचिव रविन्द्रराज जोशीले गरेका थिए । सोही दिनमा बिहान नेता जोशीले भानु ११ दुधेकुना, भानु १ सालबिस्ने, भानु ३ तुरतुरे र खहरेमा कार्याकता भेटघाट गरेका थिए । त्यस्तै विहिबार उनि बन्दिपूरमा आफनो कार्यकर्ता सँग भेटघाट गर्ने कार्यक्रम रहेको नीजको सचिवालयले जनाएको छ ।

Show More

Related Articles

Back to top button