समाचार
दुर्घटनामा एकजनाको मृत्यु
<span;>मिति २०८२।०४।११ गते अन्दाजी १८:०० बजेको समयमा जिल्ला तनहुँ आबुखैरेनी गा.पा. १ बरादी स्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुमेबाट आँबुखैरेनी तर्फ आउदै गरेको को २८ प २४२२ नम्बरको स्कुटर अनियन्त्रित भई सवारी दुर्घटना हुदाँ स्कुटर चालक जिल्ला सुनसरी धरान उपमहानगर पालिका वडा नं. ८ बस्ने वर्ष २९ को समिर कार्की घाईते भई उपचारको लागी आबुखैरेनी गाउपालिका हस्पिटल पठाईएको थियो । दुर्घटना जटिल भएको कारण थप उपचारको लागी सीएमसी हस्पिटल चितवन रिफर गरिएकोमा घाइतेलाई अस्पताले ७:३० मा मृत घोषित गरिएको प्रहरीले जनाएको छ ।


