समाचारAll

दमौलीमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न, बिचार गरेर मात्र सेयर बजारमा लगानी गर्न अध्यक्ष श्रेष्ठको भनाई

दमौली खबर संवाददाता

दमौली, चैत २६

शेयरबजारमा लगानीकर्ताहरुको हितलाई मध्यनजर राखेर ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डको सहजीकरण एवं भिजन सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ३४ शाखा कार्यालय दमौलीको आयोजनामा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले कोभिड, भुकम्प तथा विश्वमा देखिएको आर्थिक मन्दिकाकारण उद्योगी–व्यवसायीहरु धरापमा परेको बताए । उनले बुझेर मात्र शेयर बजारमा लगानी गर्न आग्रह गर्नुभयो ।

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले सोच विचार गरेर मात्र कुनै पनि क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो भ्यान्चर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइयो) भिमप्रसाद पन्थले शेयर कारोबार सम्बन्धी आधारभूत विश्लेषण र प्राविधिक ज्ञान सम्बन्धि आफ्नो प्रस्तुती राख्दै लगानीकर्ताहरु सचेत रहन आग्रह गर्नुभयो ।

भिजन सेक्युरिटिज प्रा.लि कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले शेयर बजार कसरी गर्ने शेयर धनिहरुले उत्कृष्ट कम्पनी कस्तो छान्ने र समग्र बजारको बारेमा प्रशिक्षण दिदै चनाखा भएर लगानी गर्न आग्रह गर्नुभयो ।

तनहुँ उद्योग वाणिज्य संघका दमौली बजार इकाईका माधव न्यौपाने, लगायतले मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सहजीकरण भिजन सेक्युरिटिज प्रालि दमौली शाखा प्रमुख रमु काफ्लेले गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button