Uncategorizedजीवनशैली

तनहुँ सञ्चार सहकारीको पूर्ण वैठक सम्पन्न

दमौली खबर संवाददाता
भदौ २०, दमौली । जिल्लाको पूरानो सञ्चार माध्यमको रुपमा चिनिने तनहँु सञ्चार सहकारी संस्था लि.को पूर्ण वैठक शनिबार सम्पन्न भएको छ । वैठकमा बोल्दै िज ल् ल ा समन्वय समिति तनहँुका प्रमुख एवंम् संस्थाका संस्थापक अध्यक्षय शान्तिरमण वाग्लेले सञ्चार क्षेत्रमा यस संस्थाले महत्वपूर्ण जिम्मेवारी बहन गर्न सकेको बताए । उनले कोरोनाको माहामारीमा पनि आफनो जिम्मेवारी कुशलता पूर्वक निभाएको बताए । उनले यस्तो जटिल अवस्थामा पनि संस्थालाई यथावत सञ्चालन गर्न सकेकोमा यस संस्थाका सञ्चालक एवंम् कर्मचारी वर्गलाई धन्यवाद ज्ञापन गरे । हाल संस्थाका सल्लाहकार समेत रहेका वाग्लेले संस्थाको विकासलाई यथासक्य सहयोग पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरे ।

त्यस्तै संस्थाका पूर्व अध्यक्ष एवंम् स ल् ल ा ह क ा र प्रा.डा.कृष्णप्रसाद गौतमले संस्थाले आफनै नाममा रहेको जग्गामा शेयर रकम थप गरि वा शेयर सदस्य थप गरेर भएपनि आफनै भवन निर्माण गरी संस्था अगाडी बढाउन सुझाव दिए । संस्थाका कार्यवाहक अध्यक्ष हरिशरण पण्डितको सभापतित्वमा सम्पन्न उक्त वैठकमा संस्थाको आर्थिक, भौतिक, पत्रकार कर्मचारी संयन्त्र लगायत विविध पक्षमा छलफल गरिएको संस्थाकी सचिव चिनु पोख्ररेलले जानकारी दिईन् । तनहँु सञ्चार सहकारी संस्था बाट दमौली एफ.एम र दमौली खबर राष्ट्रिय दैनिक सञ्चालनमा रहिआएको छ । त्यस्तै संस्थाले छिटै आफ्नै बचत तथा ऋण सहकारी संस्था पनि सञ्चालन गर्ने
अनुमती लिएको छ

Show More

Related Articles

Back to top button