समाचार

तनहुँमा पशुमा पूर्ण खोप लगाइने

दमौली खबर संवाददाता

दमौली, चैत्र २१

तनहुँका १० वटै पालिकामा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको हो ।

किसानको गोठमै पुगेर पशुलाई खोप दिन ९२ जना खोपकर्ता खटाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा.राजेककुमार चौधरीले बताउनुभयो । खोपको लागि अभियानकै रुपमा सञ्चालन गरिएको र तीन लाख ४१ हजार पशुलाई खोप दिइने लक्ष्य रहेको चौधरीले जानकारी दिनुभयो ।

पशुहरुको तथ्याङक संकलनका साथै पशुमा खोप लगाउनका लागि खोपकर्ता परिचालन गरिएको केन्द्रका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै बस्ती रहेका र ठुला वडाहरुमा दुई जना र साना वडामा एक जनाका दरले खोपकर्ताको व्यवस्था गरिएको छ । आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाले दुई दिन अघिदेखि खोप लगाउन सुरु गरेपनि अन्य आठ वटा पालिकाले आजदेखि एकै साथ खोप अभियान सुरु गरेका छन् । केन्द्रले खोप सामाग्री संम्बन्धित पालिकासम्म पु¥याइएको उहाँले जानकारी दिनुभयो ।

पालिका मातहत रहेका पशु स्वास्थ्य शाखाबाट खोपकर्ता परिचालन र अनुगमन कार्यलाई तीब्रता दिईएको केन्द्रले जनाएको छ । गाई,भैसीमा खोरेत,चरचरे,भ्यागुते र लम्सी स्कीन बिरुद्व खोप दिइनेछ । जसका लागि एक लाख १२ हजार डोज खोप व्यवस्था गरिएको छ । त्यसैगरी बाख्राका लागि दुई लाख पिपिआर खोप,सुगुँर,बंगुरमा खोरेत र क्लासिक स्वाइन फिवरका लागि चौध हजार र कुकुर,बिरालोका लागि पन्ध्र हजार डोज खोप व्यवस्था गरिएको केन्द्रले जनाएको छ

एक महिनाभित्र पशुहरुमा खोप लगाइ सक्ने योजना अनुरुप अभियान चलाइएको पिशुमा हुने महामारी रोगको रोकथाम गर्नका लागि खोप अनिवार्य रहेकोले अभियान सञ्चालन गरिएको हो । समय समयमा पशुमा विभिन्न रोग बिरुद्व खोप दिएका कारण महामारी रोगबाट हुने क्षतिलाई न्यूनिकरण गर्न मद्धत पुग्ने बताईएको छ ।

Show More

Related Articles

Back to top button