हेडलाईनUncategorized

तनहुँका मोडल लोमश तीज गितमा मोडल गर्न भ्याई नभ्याई

दमौली खबर सम्बददाता ,

गीतमा एक पछि अर्को सफलताको सिंढी चढ्दै तनहँका मोडल लोमश शर्मा यतिखेर भ्याई नभ्याई तीज तथा अन्य गीतहरुको मोडल गर्दै छन् । भर्खरै बजारमा आएको सोचेझै जिन्दगी रैनछ भन्ने गितमा पनि शर्माले अभियन गरेका छन् । उनले अभियन गरेका गितहरु ब्याक टु ब्याक हित भएरका छन् भने टिकटकमा सार्वधिक रुचाईएका छन् ।

उक्त गित खेम सेन्चुरी र मधु छेत्रीले गाएका हुन। यो गितको कोरियोग्राफ अनि निर्देशन प्रकाश भट्टले गरेका हुन। दुई हप्ता अघि खेमले आफनै युटुब मार्फत सार्बजनिक गरेको उक्त भिडियो एक करोड भन्दाले पनि हेरि सकेका छन् । त्यस्तै खुमन अधिकारिले ल्याएको “यो मान्छे चिन्छस“ भन्ने गितमा पनि शर्माले नै अभिनय गरेका छन् ।

जुन अहिले समय टिकटक लगायत अन्य सोसियल मिडियामा हिट साबित भैइसकेको छ ।पाँच दिन अघि गायक खुमले आफनो युटुभ मार्फत सार्वजनिक गरेको उक्त भिडियो तीन लाख भन्दा बढीले हेरि सकेका छन् । त्यस्तै चर्चित गायिका समिक्षा अधिकारिको “खै खै नानिको नाच बरि लै भन्ने तिज गितमा पनि लोमशकै अभिनय देख्न सकिन्छ । युटुबमा उक्त भिडियोमा पनि दुई लाख भन्दा बढी दर्शकले हेरि सकेका छन् ।

 गीत संगीतको क्षेत्रमा पछिल्लो समय निकै चर्चित मानिएका मोडल लोमश शर्माले “राष्ट्रिय एपिक नेपाल म्युजिक अवार्ड २०७५” मा ढुङ्गाको मान्छे बोलको गित बाट वर्सको “सर्बोत्कृस्ट मोडल” को अवार्ड जितेका हुन् । निकै चर्चामा रहेका मोडल  शर्माको सफलता दिनानु दिन चुलिदै गएको छ । लुक्सवाईज हेर्ने हो भने म्युजिक छेत्रकै सबैभन्दा ह्यान्ड्सम मोडल लोमशनै हुन भन्दा फरक पर्दैन।

उनले थुप्रै म्युजिक भिडियोमा अभिनय गरि लाखौ दर्शकहरुको मन जित्न सफल भईसकेका छन् । हाल उनी म्युजिक भिडियोमा नै ब्यस्त छ्न्। अब चाडै दर्शकहरुले चलचित्रमा पनि देख्न सकिने उनले बताए। सोझो तर चन्चले स्वभाव भएका शर्माले आगाामी दिनमा यस क्षेत्रलाई नै निरन्तरता दिने जानकारी गराए।

Show More

Related Articles

Back to top button