समाचारUncategorized

तनहँु प्रहरी उत्कृष्ट

तनहुँ जिल्ला प्रहरी कार्यालय गण्डकी प्रदेशमै उत्कृष्ट घोषित भएको छ । तीन महिनाको कामको आधारमा ६५ औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रहरी कार्यालयले तनहुँलाई उत्कृष्ट घोषणा गरेको हो । दोश्रोमा कास्की र तेश्रोमा म्याग्दी भएको छ ।उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ, उत्कृष्ठ ट्राफिक व्यवस्थापन तर्फ गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की, उत्कृष्ट प्रहरी कार्य तर्फ जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर सम्मानित छन् ।

यस्तै, उत्कृष्ट कार्यालय व्यवस्थापन तर्फ प्रहरी नायव निरीक्षक टिकाराम पनेरु, उत्कृष्ट विपद उद्दार कार्य तर्फ प्रहरी हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट कार्यालय सहयोगी तर्फ प्रहरी कार्यालय सहयोगी बुधराम विकलाई नगद र सम्मानपत्र प्रदान गरिएको हो ।यसैबीच, यो बर्षको प्रहरी दिवस तनहँु जिल्लामा एक कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसर पारि कार्यालयको परिषद्मा आयोजना गरिएको कार्यक्रममा आठ जना प्रहरी सहित जग्गादातालाई सम्मान र पुरस्कृत गरिएको छ । कार्य सम्पादनको आधारमा आठ जना प्रहरीलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जगदीश रेग्मी, प्रहरी नायब निरीक्षकमा किसान के.सी र रेशमबहादुर रानाभाट,प्रहरी सहायक निरीक्षकमा दिनेश पौडेल, प्रहरी हवल्दार चन्द्रबहादुर गुरुङ र पार्वती महत र प्रहरी जवानमा धनबहादुर गुरुङ रहेका छन् । उनिहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आर्चाय र जिल्लाका प्रहरी प्रमुख अरुण पौडलले संयुक्त रुपमा पुरस्कृत सहित सम्मान गरे । त्यस्तै प्रहरी चौकी निर्माणको लागि निशुल्क जग्गा दान गर्ने दातालाई पनि सम्मान गरिएको थियो । घिरिङ प्रहरी चौकीलाई निशुल्क दुई रोपनी जग्गा दान गर्ने घिरिङ २ का मिनकुमार श्रेष्ठलाई सम्मान गरिएको हो ।

Show More

Related Articles

Back to top button