समाचारकोरोनाभाइरसस्वास्थ्य

तनहँुमा शनिबार थपिए १७ नयाँ कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या दुई सय १० पुग्यो

दमौली खबर संवाददाता
तनहँुमा शनिबार १७ नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्ती अनुसार जिल्लाका तीन पालिकामा १७ संक्रमित थपिएका हुन् । निर्देशनालयको अनुसार व्यास नगरपालिकामा १०, शुक्लागण्डकी नगरपालिकामा ५ र भिमाद नगरपालिकामा २ नयाँ संक्रमित फेला परेका हुन् । संक्रमित हुनेमा व्यास नगरपालिका वडा नं १ मा तीन महिला,दुई पुरुष, व्यास २ मा एक पुरुष, व्यास ४ मा दुई पुरुष, व्यास ६ मा एक पुरुष र व्यास १२ मा एक महिला रहेका छन् । यो सँगै जिल्लामा संक्रिय कोराना संक्रमितको संख्या दुई सय १० पुगेको छ ।

Show More

Related Articles

Back to top button