समाचारUncategorized

तनहँुमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्न लाग्यो

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या तनहँुमा ६ सय नाघ्न लागेको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको स्वाब परीक्षणको नतिजाअनुसार तनहँुमा सोमबार २६ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमितमा व्यासका सर्वाधिक ११ छन् । शुक्लागण्डकीका ७, भीमादका ४ तथा बन्दीपुरका ४ जना छन् । अधिकांश कन्ट्याक्ट ट्रेसिङको नतिजाका आधारमा संक्रमित भएको पाइएको हो । तनहँुमा कोभिड–१९ संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अनुसार तनहँुम ९ हजार ४२८ जनाको पीसीआर परिक्षण भइसकेको छ ।

स्वाब परीक्षणको नतिजा अनुसार संक्रमितको संख्या ५ सय ९० पुगेको छ । संक्रमितमध्ये ४ सय १० जना निको भएका छन् । तनहँुमा हाल १ सय ७५ जना सक्रिय संक्रमित छन् । हालसम्म कोरोनाबाट पाँचजनाको मृत्यु भएको छ। जिल्लामा सबैभन्दा बढी क्रमशः व्यास नगरपालिकामा १५६ जना, शुक्लागण्डकी नगरपालिकामा ९३ जना र भानु नगरपालिकामा ८६ जनामा संक्रमण देखिएको छ। तनहँुमा महिला भन्दा धेरै पुरुष संक्रमीत रहेका छन् । लिङ्ग अनुसार संक्रमीतको दर हेर्नु पर्दा पुरुषको ७५.८ रहेको छ भने महिलाको २४.२ रहेको छ । वैदेशिक रोजगारीबाट आउनेहरुको चहलपहल बढ्न थालेकाले संक्रमण अझै बढ्न सक्ने स्वास्थ्य प्रमुख अधिकारीको चिन्ता छ । लकडाउनका सुरुमा देश बाहिरबाट आउनेहरु स्थानीय तहका एकान्तवासमा बसेर घर फर्कन्थे ।

हिजोआज सोझै घरजाने परिपाटीले थप चुनौती बढेको हो । प्रशासनले दुई हप्ता क्वारेन्टाईनमा बस्न भनेपनि लुकीपि सोझै घर जाने पाईएको छ । विद्यालय पनि संचालनको तरखरमा रहेकाले विद्यालयमा बनाइएका क्वारेन्टाइन हटाइएका छन् । हाल तनहँुको १० वटै पालिकाका ८ स्थानमा रहेका क्वारेन्टिनमा १ सय ५८ वटा वेड छन् । पछिल्लो समय तनहँुमा शिक्षित व्यक्तिहरुबाटै चरम लापरवाही गर्दा कोरोनाको संक्रमणले भयावह रुप लिएको जानकारहरु बताउँछन्। कोरोनालाई सामान्य सम्झेर चरम लापरवाही गर्नेहरुमा निजि तथा सरकारी चिकित्सक, नेकपा र कांग्रेसका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु, पत्रकार, व्यापारी र सर्बसाधारणहरु छन्। शिक्षित व्यक्तिबाटै नै विश्व स्वास्थ्य संगठनको नियम विपरित चरम लापरवाही गर्न थालेपछि उनीहरु संक्रमित भएर अस्पताल र होम क्वारेनटाइनमा बसेका छन्। पिसिआर परीक्षण गरि विभिन्न सार्वजनिक कार्यक्रमहरुमा सहभागि भएका छन । लापरवाही गर्नेहरु नै पछिल्लो समय संक्रमित हुने गरेका छन्।

शिक्षित व्यक्तिहरुकै लापरवाहीले गर्दा कोरोना नियन्त्रणमा थप चुनौति थपेको सरोकारवालाहरु बतान्छन् । सबैले स्वास्थ्य प्रटोकल अनुसार नियम पालना गरे कोरोना नियन्त्रणमा थप सहज हुने उनिहरुको भनाई छ। यस्तै नेकपा कांग्रेस र राप्रपा तनहँुले पनि जिल्लामा चरम लापरवाही गर्दै माक्स नलगाएर र सामाजिक दुरी कायम नगरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश गराई रहेका छन्। सामाजीक दुरी कायम नगरि बढाईको भीडभाडका कारण कोरोना संक्रमितहरुको संख्या वृद्धि भएको विज्ञहरु बताउँछन्। सरकराले भीडभाडलाई नियन्त्रण गर्न नसकेका कारण भयावह स्थिति सिर्जना गरेको विज्ञहरुको भनाई छ।

Show More

Related Articles

Back to top button