हेडलाईनसमाचारAll

जोशी लाई थप उपचारको लागि भारत लैजाँदै

दमौली खबर संवाददाता
दमौली १७ जेठ । तनहुँ व्यास–८ रिस्तीमा आक्रमणमा परी घाइते भएका व्यासका स्वतन्त्र मेयर पदका उम्मेदवार दीपकराज जोशी थप उपचारको लागि भारत जानु हुने भएको छ ।
काठमाडौं, बानेश्वर स्थित फ्रन्ट लाइन अस्पताल गरिएको तर केहि रिपोर्ट भारत बाट आए पछि टाउकोमा लागेको चोटको थप उपचार यहाँ काठमाडौँ नहुने भएकोले केहि दिनको लागी जेठ १७ गतेका दीन मेदान्त अस्पताल दिल्ली जानु हुने भएको हो । जोशी आज भारत जानुहुने उहाँको सचिवालयले जनाएको छ । टाउकोमा लागेको चोटको कारणले चिकित्सकको सल्लाहमा थप उपचारका लागि भारत लैजान लागिएको हो ।
जोशी उता बाट फर्केर आएपछि तपाईंहरूसँग सहकार्य गर्दै व्यास नगरपालिकाको बेथिती,विसङ्गतिको चिरफारमा यहाँहरुको वरिपरि नै बसेर सुख दुखमा साथ दिनु हुने सचिवालयले जनाएको छ ।

Show More

Related Articles

Back to top button