Uncategorized

जिल्ला स्तरी वक्तृत्वकला प्रतियोगितामा लजिता प्रथम

फागुन ७,दमौली

दमौली खबर संवाददाता

व्यास नगर य्ुवा क्लब सञ्जालको आयोजनामा र व्यास नगरपालिका शिक्षा शाखाको समन्वय जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम पराशर कलेजको लजिता भण्डारी भएकी छिन् । त्यस्तै द्धितिय शुक्लागण्डकी नगरपालिकाको पञ्चमुनि देव मा.विको अनुप लामिछाने, तृतिय भिमादको रन्जना सिग्देल र सान्त्वना शिव मा.वि संस्कृती सिग्देल भएका छन् । प्रतियोगितामा प्रथम,द्धितिय तृतिय र सान्तत्वना हुनेलाई क्रमशः४ हजार, ३ हजार, दुई हजार र एक हजार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा पुरस्कृत हुनेलाई व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले यस्ता खालका प्रतियोगिता विद्यार्थीहरुलाई हौसाला प्रदान गर्ने बताए । उनले भने, “प्रतियोगिताले विद्यार्थीहरु बीच सम्बन्ध राम्रो बनाउनु साथै हौसला प्रदान हुन्छ । ” त्यस्तै व्यास नगरपालिकाको शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि नगरपालिकाले विभिन्न कार्यक्रम गदै आईरहेको बताए ।

प्रतियोगितामा व्यास नगरपालिकाका पूर्व स्रोत व्यक्ति नारायणदत्त पौडल, प्राध्यपक प्रकृति न्यौपाने र शिक्षा शाखाका अधिकृत सन्तोष गोदार निर्णयमण्डलमा रहेका थिए। व्यास नगर य्ुवा क्लब सञ्जालका अध्यक्ष गौरव पन्थको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सचिव रविना परियारले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button