समाचार

जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

दमौली खबर संवाददाता

तनहुँ, चैत्र २४

लमजुङमा भएको जीप दुर्घटनामा चालकको घटना स्थलमै मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका–६ डहरे स्थित रहेको सुपर न्यादी जल विद्युत आयोजनाको बा १७ च १४६५ नम्बरको जीप शुक्रबार विहान ९ः १५ दुर्घटना हुँदा मृत्यु भएको हो ।

रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका– ४ घर भएका बर्ष ३७ को बिरसिंह दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईले जानकारी दिनुभयो । चपाईका अनुसार उक्त जिप सडकदेखी अं. ४००मिटर तल भिर खोल्सा खोचमा खस्न गई खोचमै जिपमा चालकको अड्किएको मृत्यु भएको हो ।

चालकलाई प्रहरीले डोरीको सहायताले सडकमा निकाली प्रारम्भिक अनुसन्धान पश्चात लाशलाई शव परिक्षणको लागि लमजुङ जिल्ला अस्पतालमा ल्याएको छ । हाईड्रोपावरको कामदार पु¥याई फर्कने क्रममा दुर्घटना भएको सूचना प्राप्त हुन साथ तत्कालै स्थानीय प्रहरी चौकी बाहुनडाँडा र जिल्ला प्रहरी कार्यालय लमजुङबाट अनुसन्धान अधिकारी सहितको टोली घटनास्थल पुगेको थियो ।

Show More

Related Articles

Back to top button