Uncategorizedपत्रपत्रिकाबाट

छिर्कनमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

दमौली खबर संवाददाता
जेठ २८ दमौली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको छिर्कनेमा ट्याक्टरको ठक्करबाट ९ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ९ बर्षका बालक महेश सापकोटा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनुहुँले जानकारी दिएको छ । ना ५ त ४०२२ नम्बरको ट्याक्टरले ग १८ प ३१५ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ पछाडी बस्ने बालकको ज्यान गएको हो भने स्कुटर चालक १८ बर्षिय मिलन सापकोटा भने घाईते भएका छन् । ट्याक्टले ठक्कर दिए पछि घाइते भएका बालकको दमौली स्थित रत्नहरी अस्पतालमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको थियो । हाल ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनुहुँका प्रमुख रेशम रानाभाटले दमौली खबरलाई जानकारी दिए ।

Show More

Related Articles

Back to top button