साहित्यAll

चार मुक्तक

चार मुक्तक
नवराज न्यौपाने’मौन’

देशमा भाँड्भैलो मच्चाउन पनि जानेका छन्
समयनुकूल आफूलाई सच्च्याउन पनि जानेका छन्
जे गरे नि जनता चूपचाप सही बस्छन् हजुर
चुनावमा जनतालाई घच्घच्याउन पनि जानेका छन्

हाम्रा हैन राम्रालाई जिताउनु पर्छ हजुर
हाँसीखुशी जिन्दगी बिताउनु पर्छ हजुर
कर्तव्य र कर्मलाई सधैंं ख्याल गरेर यहाँ
देश र जनताको भलो चिताउनु पर्छ हजुर

काला गए गोरा आउँछन् , फिक्री छैन
सबैले आफ्नो गाथा गाउँछन् ,फिक्री छैन
जनता त केवल मतदाता मात्र हुन् यहाँ
भोट् हालेर के पो पाउँछन् ,फिक्री छैन

मन मिलेपछि यहाँ माया बस्छ हजुर
कर्तुत गरेर यहाँ नजरबाट खस्छ हजुर
मन मिलिञ्जेल मात्र आफ्ना बन्छन् सबैजना
मौका परेमा उसैले छुरी धस्छ हजुर

Show More

Related Articles

Back to top button