विचारUncategorized

गर्भवती महिला सहित तनहँुमा ६ जनामा देखियो कोरोना

मंगलबार तनहँुमा गर्भवती महिला सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।ख गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि गएकी ३० वर्षिया महिलासहित तनहँुमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १७ जनामा संक्रमण देखिएको भोलिपल्ट शुक्लागण्डकी नगरपालिकामा गर्भवती महिला सहित थप दुईमा संक्रमण भेटिएको छ । ती महिला शुक्लागण्डकी ६ बस्दै आएकी भारतीय नागरिक हुन् । यसैगरी भारतबाट घर फर्किएका शुक्लागण्डकी ७ का ३९ वर्षका व्यक्तिमा पनि संक्रमण भेटिएको छ । उनी केही दिन अघि घर फर्किएका थिए ।

होम क्वारेन्टिनमा बसेका उनको रिपोर्ट पोजेटिभ भेटिएको हो । त्यस्तै ऋषिङ गाउँपालिका चार जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतबाट घर फर्केर होम क्वारेन्टिनमा बसेका ऋषिङ ६ का एक र ऋषिङ ५ का तीन पुरुषमा संक्रमण भेटिएको हो ।यस अघि एकै साथ ११ जनामा संक्रमण भेटिएपछि गाउँपालिकाले एक सय ४३ जनाको एकै पटक स्वाब संकलन गरेको थियो । संक्रमितको सम्पर्कमा आएका, जनप्रतिनिधि तथा भारतबाट आएर होम क्वारेन्टिनमा बसेकासहितका व्यक्तिको स्वाब संकलन गरी पठाइएकामा चार जनामा मात्र संक्रमण भेटिएको गाउँपालिकाले जनाएको छ । यस अघि एकै साथ संक्रमण पुष्टि भएका ११ प्रतिनिधि नै निको भएर घर फर्किएका छन् । जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रको आइसोलेसनमा गएका १० जना निको भएर घर फर्केका हुन् । यसैगरी संक्रमित भएर घरमै आइसोलेसनमा बसेका एक जनप्रतिनिधिको पनि पछिल्लो परीक्षणमा नतिजा नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ ।

Show More

Related Articles

Back to top button