समाचार

गण्डकी विश्वविद्यालय स् सञ्चालन नहुँदै सुरु भयो राजनीति, ६ जनाले दिए राजीनामा

प्रदेश मुख्यमन्त्रीको सपथ खाएलगत्तै पृथ्वीसुब्बा गुरुङले योजना सुनाएका थिए, ‘प्रदेशले आफ्नै विश्वविद्यालय बनाउँछ । राजनीतिभन्दा पर जुन अनुसन्धानमा आधारित प्राविधिक र गुणस्तरीक्ष प्राज्ञिक थलो बन्ने छ ।’ मुख्यमन्त्रीको योजनाअनुसारै गण्डकी विश्वविद्यालयको स्थापना, व्यवस्थापन सञ्चालन गर्न बनेको ऐन संसदबाट गत वर्ष असोज ८ गते पारित भएर कानुन पनि बन्यो । विश्वविद्यालयलाई राजनीति र सरकारको हस्तक्षेपभन्दा माथि राख्ने उद्घोष गर्दै पारित कानुनलाई टेकेर त्रिभुवन पूर्व सांसद तथा विश्वविद्यालयमा समाजशास्त्रका प्राध्यापक डा। गणेशमान गुरुङ कुलपति नियुक्त भए ।

फागुन ४ प्रदेश स्थापना दिवसको अवसर पारेर नियुक्त कुलपति गुरुङले पनि मुख्यमन्त्रीकै शैलीमा भने, ‘अनुसन्धानमा आधारित राजनीतिमुक्त विश्वविद्यालय बनाउँछु ।’ आफ्नै विश्वविद्यालय बनाउन अग्रसरता लिनेमा सातै प्रदेशको अगुवा हो, गण्डकी । कुलपति, उपकुलपति नियुक्त भइसकेका छन् भने रजिस्टार नियुक्तिका लागि विज्ञापन गरिएको छ । विश्वविद्यालय स्थापना र सञ्चालन हुन भने बाँकी छ । तर राजनीतिमुक्त बनाउने भनिएको गण्डकी विश्वविद्यालयमा न्यासिक परिषदको अध्यक्ष छनोटमा राजनीति भएको छ र, परिषदका ६ सदस्यले राजीनामै दिएका छन् ।

अध्यक्ष चुन्न चुनाव गरेसँगै विवाद

विश्वविद्यालय सञ्चालनसम्बन्धी ऐनले सर्वोच्च निकायका रुपमा न्यासिक परिषदको परिकल्पना गरेको छ । परिषदमा कुलपति, विभागीय मन्त्रालयका सचिव बाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका र विज्ञका रुपमा सरकारले नियुक्त गर्ने १५ जना सदस्य रहने छन् । त्यही १५ सदस्यमध्येबाटै अध्यक्ष चयन गर्नुपर्ने हुन्छ । गण्डकी प्रदेश सरकारले ९ जेठमा १० जना र ४ साउनमा ३ जना परिषद् सदस्य नियुक्त गरेको छ भने २ जना महिला सदस्य नियुक्त गर्न बाँकी छ ।

तर परिषदको अध्यक्ष छनोटमा कुलपति र परिषद सदस्यहरुको मत बाझिएको छ । अध्यक्ष छनोटका लागि भन्दै काठमाडौंको शालिग्राम होटलमा कात्तिक २६, २७ र २८ गते बैठक बसेको थियो, जसको अध्यक्षता कुलपतिले नै गरे । बैठकले चुनावी प्रक्रियाबाट डा। दिनेशचन्द्र देवकोटालाई अध्यक्ष चयन गरेको छ । तर सर्वसम्म गर्ने अवस्था हुँदाहुँदै चुनावमा गएको भन्दै योजना आयोगका पूर्वाध्यक्ष डा। जगदीशचन्द्र पोखरेलले देवकोटा अध्यक्ष चयन भएकै दिन परिषद सदस्यबाट राजीनामा दिए ।

‘जब अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, मलाई त्यहाँ बस्न उचित लागेन,’ डा। पोखरेलले भनेका छन्, ‘सहमतिमै अध्यक्ष छानौं भन्ने मेरो भनाइ थियो । कुलपतिज्यूहरु निर्वाचन गर्नतिर जानुभयो । गुणस्तरी र प्राज्ञिक थलो बनाउन भनेर बसेका १० जना वौद्धिक मान्छेबीच पनि निर्वाचन गर्नु उचित होइन भनेर मैले राजीनामा दिएको हुँ ।’ पोखरेलको राजीनामापछि अन्य सदस्यले पनि परिषदमा बस्न अनुपयुक्त लागेको भन्दै राजीनामा दिएका छन् ।

डा। तीर्थ थापा, शिक्षाविद् डा। पूर्णकान्त अधिकारी, वातावरण विज्ञ डा। सुमित्रा मानन्धर गुरुङ, अनुसन्धानकर्ता डा। प्रतिभा पाण्डे र ऊर्जा विशेषज्ञ डा। राममनोहर श्रेष्ठले विश्वविद्यालयको न्यासिक परिषदको सदस्यबाट राजीनामा दिएका हुन् । आफूहरुलाई निर्णय पारित गराउन मात्र प्रयोग गरिएको तथा विश्वविद्यालयलाई गुणस्तरीय बनाउनेभन्दा पनि राजनीतिक थलो बनाउन लागेको उनीहरुको गुनासो छ । स्रोतका अनुसार न्यासिक परिषदका बहुमत सदस्य डा। थापालाई अध्यक्ष बनाउन चाहन्थे । तर थापाले परिषदमा आफ्ना धारणा राख्न नपाउँदै बैठकको अध्यक्षता गरेका कुलपतिले निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन दिए ।

डा। देवकोटाले अध्यक्षका लागि मनोनयन दर्ता गरे । अन्यले असन्तुष्टि जनाउँदै मनोनयन नै नगरेपछि उनी स्वतः अध्यक्ष छानिए । ‘मैले अध्यक्ष बन्दिन भनिराखेकै थिएँ । डा। जगदिशले पनि जुन प्रक्रियाबाट अध्यक्ष छानिँदैछ, यसरी बोर्डमा बस्दिन है भन्नु भएको थियो । अध्यक्ष छानियो, उहाँले राजीनामा दिनुभयो । अरु साथीहरुलाई पनि दुखिद् बनायो,’ डा। तीर्थले भने, ‘कुलपतिको निम्नस्तरको व्यवहारले हामी पनि त्यहाँ बस्न सकेनौं ।’

कुलपति र असन्तुष्ट पक्षको आरोप प्रत्यारोप

डा. तीर्थ भने गण्डकी प्रदेश सरकारले गठन गरेको विश्वविद्यालयको ढाँचा तथा सञ्चालनसम्बन्धी अध्ययन कार्यदलको संयोजक समेत हुन् । उनै थापाले सुरु नै नहुँदै प्राज्ञिक थलोमा राजनीतिक गर्न खोजिएको बताए । ‘कुलपतिले त मलाई गाली गरेर इमेल लेख्नुभएको छ । घिनलाग्दा शब्द प्रयोग गर्नुभएको छ । उहाँले हामीलाई आफ्नो हली, जस्तो व्यवहार गर्नुभएको छ,’ डा। तीर्थले अनलाइनखबरसँग भने, ‘हामी प्रदेशको विश्वविद्यालयलाई विवेक र वुद्धि दिएर उत्कृष्ट बनाउन चाहन्थ्यौं तर कुलपतिको नियत त्यस्तो होइन रहेछ ।’ तर, कुलपतिलगायतले राजनीति गर्न खोजे पनि आफूहरुले राजनीतिक रङ नहेरी राजीनामा दिएको पोखरेलको भनाइ छ । कुलपतिले विश्वविद्यालय अनुदान आयोगको उपाध्यक्ष भएर काम गरेको र विश्वविद्यालयबारे आफू विज्ञ भएकाले धेरै नसिकाउन भनेपछि आफूहरु निस्किएको राजीनामा दिनेहरुले बताएका छन् ।

कुलपति प्रा.डा. गणेशमान गुरुङले भने विधि र प्रक्रियालाई टेकेर अध्यक्ष चयन गर्दा केही सदस्यले राजनीति गर्न खोजेको बताए । परिषदका सदस्य हौसाउने र राजीनामा दिन लगाउने काममा डा। पोखरेल र थापाहरुले जोड दिएको कुलपति गुरुङको आरोप छ । ‘अध्यक्ष मनोनयनमा डा। दिनेशको मात्रै नाम पर्‍यो, त्यसमा नै सहमति भयो,’ उलले भने, ‘बेलुका जगदीशजीको मेल आयो । मैले राजीनामा फिर्ता लिनुस् भनेको थिएँ । पछि ६ जनाको राजीनामा आयो ।’ मिलेर काम गरौं भन्दा उल्टो खेल्न खोजेको कुलपति गुरुङको आरोप छ । ‘१३ जना समान हैसियतका सदस्य हुँदा अध्यक्ष चयनका निम्ति निर्वाचन प्रक्रियामा गएर लोकतान्त्रिक अभ्यास गरेका हौं,’ कुलपति गुरुङले भने, ‘यसलाई त सम्मान गर्दै स्वीकार्नु पर्नेमा नानाथरि कुरा नगरेको भए राम्रो हुन्थ्यो ।’

कुलपति, उपकुलपतिका साथै न्यासिक परिषदका धेरै सदस्य सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० निकटका हुन् । डा। जगदिशलगायत केही नेपाली कांग्रेस निकट मानिन्छन् । राजनीतिमुक्त विश्वविद्यालय निर्माण र सञ्चालनकै लागि अहिले पनि रातदिन काम गरिरहेको गुरुङको भनाइ छ । कुलपति गुरुङकै संयोजकत्वमा गठित समितिले सुरुमा विश्वविद्यालय सम्बन्धी ठाउँ र सम्भाव्यता अध्ययन गरेको थियो । कर्मचारी प्रशासन नियमावली भर्खरै पारित भएको कुलपति गुरुङले बताए । बेलचौतारा तनहुँ र पोखरा–३२ मा गरी ५ सय रोपनी जग्गा प्रदेश विश्वविद्यालय निर्माणका लागि सरकारले स्वीकृति लिएको छ । विश्वविद्यालयका लागि यो आर्थिक वर्षमा ३२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Show More

Related Articles

Back to top button