समाचार

कागती खेतीमा होमिएका दम्पत्ती

व्यास नगरपालिका–१३ को आसापानीका ३२ वर्षीय राजु रेग्मी र उनकी जिवन संगिनी सिर्जनाले व्यवसायिक रुपमा कागती खेती थालेका छन् । गाउँमा बाँझो रहेको जमिनलाई सदुपयोग गर्दै रेग्मी दम्पत्ती कागती खेतीमा होमिएका हुन् । ६ सय बोट कागतीको बिरुवा लगाएको राजुले बताए । बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी व्यावसायिक कागती खेतीसँगै बाख्रापालन गर्ने सोचका साथ चार वर्ष अघि २० रोपनी जमिनमा सुन कागती लगाएको उनले बताए।

‘प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले २० रोपनी जग्गामा चार वर्ष अघि ६ सय कागतीका बिरुवा लगाएको छ’, उनले भने, ‘खाली र झाडी बन्दै गएको जमिनमा कागती खेतीसहित बाख्रापालन थालेका हौँ ।’ कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्न बाख्रापालन थालेको राजुले जनाए । उनले तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिक रूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर चार वर्षअघि सिर्जना कृषि तथा पशु फार्म दर्ता गरेका छन् । दमौली बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर बाह्य जिल्लाबाट बिरुवा ल्याएर रोपेको सिर्जनाले बताईन् ।

चार वर्ष अघि निल काँडा लगायत जंगली झाडी रहेको उक्त ठाँउमा अहिले हरियाली छाएको छ । हरियो बोटमा कागती फल्दै छ । दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियालीले मात्र होइन फल्न लागेको कागतीले पनि तान्ने गरेको छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँले पनि बारम्बार कागती खेती हेर्न पुग्दछन् । स्याङजा घर भई हाल आसापानीमा बस्दै आएका रेग्मीका दम्पत्तीले व्यावसायिक रुपमा गरेको सुन कागती खेतीले जिवन उकास्ने आश छ ।

कागती खेतीले यस स्थानकै शोभा पनि बढाइदिएको छ । ९ वर्ष कोरियामा रोजगारी गरि घर फर्किएका रेग्मीले स्वदेशमै बसेर व्यवसायिक कागती खेती गर्न थालेका हुन । उनले श्रीमती सिर्जनाले सुरु गरेको कागती खेतीलाई व्यावसायिक रुपमा अगाडी बढाएका हुन् ।
‘प्रारम्भिक सम्भाव्यता अध्ययनपछि मैले २० रोपनी जग्गामा चार वर्ष अघि ६ सय कागतीका बिरुवा लगाएको छु’, सिर्जनाले भनिन्, ‘खाली र झाडी बन्दै गएको जमिनमा कागती खेतीसहित बाख्रापालन गर्न थालेको छु ।’ कागती खेतीका लागि आवश्यक मल उत्पादन गर्नका लागि बाख्रापालनसमेत थालेको राजुले बताए ।

तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिक रूपमा कृषि उद्यम गर्ने सोचमा पुगेर चार वर्षअघि सिर्जना कृषि तथा पशु फार्म दर्ता गरेका हुन् । दमौली बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागती खेती गर्ने सोचमा पुगेर बाह्य जिल्लाबाट बिरुवा ल्याएर रोपेको सिर्जनाको भनाइ छ । चार वर्ष अघि निल काँडा लगायत जंगली झाडी रहेको उक्त ठाँउमा अहिले हरियाली छाएको छ । हरियो बोटमा कागती फल्दै छ । दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियालीले मात्र होइन फल्न लागेको कागतीले पनि तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँले पनि बारम्बार कागती खेती हेर्न पुग्ने गरेका छन् । स्याङजा घर भई हाल आसापानीमा बस्दै आएका रेग्मीले व्यावसायिक रुपमा गरेको सुन कागती खेतीले उनको जीवन राम्ररी आसा राखेका छन् ।

कागती खेतीले यस स्थानकै शोभा पनि बढाइदिएको छ । ९ वर्ष कोरियामा रोजगारी गरि घर फर्किएका रेग्मीले स्वदेशमै बसेर व्यवसायिक कागती खेती गर्न थालेका हुन । उनकी श्रीमती सिर्जनाले सुरु गरेको कागती खेतीलाई व्यावसायिक रुपमा अगाडी बढाएका हुन् । रेग्मीले भने,‘श्रीमतीले सुरु गरेको कागती खेतीलाई निरन्तरता दिएको हुँ । कागतीको उत्पादन राम्रो हुनेमा विश्वास छ ।’ युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान रहेको राजु बताउछन् । सुन्तला लगाउने सोचमा रहेकी सिर्जनाले माटो परिक्षण गर्दा कागती राम्रो हुने विज्ञ सुझाव दिए लगतै कागती खेती गरेकी हुन् ।

सिर्जनाले भनिन्,‘सुन्तला लगाउने सोच थियो । तर माटो परिक्षण गर्दा कागतीको उत्पादन राम्रो हुने सुझाव आयो । अनि कागती लगाए ।’ उनले थपिन्, ‘कागतीमा राम्रो होला भनेर श्रीमानलाई पनि स्वदेशनै बोलाए ।’ कागती स्वास्थ्यका लागिसमेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचार लगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ ।

Show More

Related Articles

Back to top button