Uncategorizedजीवनशैली

कांग्रेसका दुई हजार सकृय कार्यकर्ताले दिए राजीनामा

नेपाली कांग्रेस तनहुँका दुई हजार सकृय कार्यकर्ताहरुले राजिनामा दिएका छन् । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको नामबाट कांग्रेसका पुर्ब सहमहामन्त्री गोबिन्दराज जोशीलाई कार्बाही भएको भनेर विज्ञप्ती जारी गरेको थियो । उक्त कारबाही फिर्ता नलिएमा आफुहरु कांग्रेसमा नरहने गरि दुई हजार सकृय कार्यकर्ताले हस्ताक्षर बुझायका छन । बि पि को बिचार बोक्ने नेता लाइ केन्द्रीय अनुशासन समितिले गत श्रावन १० गते गरेको अनुशासनको कारबाही निकै निन्दनिय रहेकाले जोशी निकट नेताहरुको भनाइ रहेको छ ।

जिवन भरी कांग्रेस, देश र जनताको निम्ती अहोरात खटेर पार्टीको काम गर्ने नेता लाइ आज केहि केन्द्रीय सदस्यको दवावका कारण कारर्बाही गर्न बाध्य बनाइयो भन्ने अनुशासन समितिको भनाई आइरहेको अबस्थामा छ । देश भरिका कांग्रेसहरुले केन्द्रीय अनुशासन समितिले भन्ने ब्यापक असन्तुष्टि भैरहेको अबस्थामा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले जोशिको कारर्बाही फिर्ता नभएमा तनहुँ जिल्लाका दुई हजार सकृय कार्यकर्ताहरुले नेपाली कांग्रेसको साधारण सदस्य पनि नरहने गरि हस्ताक्षर संकलन गरि केन्द्रीय सभापति शेर बहादुर देउवालाइ पठाइएका छन् ।

आउदो केन्द्रीय कार्य समितिको बैठकले जोशीको कार्बाही फिर्ता गर्ने छ र सब कांग्रेसलाइ सङ्सङै हिडाउने छ भन्ने जोशी निकट नेता तथा कार्यकताहरुले आशा गरेका छन् । यदि जोशीको कारर्बाही फिर्ता भएन भने तमाम तनहुँका सकृय कार्यकर्ताहरु निस्कृय भै साधरण सदस्यमा समेत रहने गरी राजिनामा दिने कांग्रेस नेतृ चिनु पोख्रेलले बताइन् ।

 

Show More

Related Articles

Back to top button