समाचारविचारUncategorized

कहाँ गए उनी?

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रि आइसोलेशन बार्डबाट शुक्रबार देखि सम्पर्क बिहीन भएका दमौलीका एक बिरामी बेखबर छन । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मियालाई ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको थियो । दमौलीको अस्पतालले उनलाई पश्चिमाञ्चल अस्पताल लैजान रिफर गर्याे । बिरामी लिएर पोखरा आएका उनका आफन्त पीसीआर चेक नगरि कुनै पनि अस्पतालले भर्ना नलिने भने पछि कहिले चरक हस्पीटल त कहिले पश्चिमाञ्चल अस्पताल भौतारिनु पर्याे ।

चरक अस्पतालको आइसोलेशनमा राख्दा दैनिक १५ हजार रुपैया खर्च लाग्ने भएपछि उनीहरु बिरामी लिएर बिहीबार पुनः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै पुगे । बिहीबार बिरामीलाई पश्चिमाञ्चल अस्पतालको प्रि आइसोलेशन वार्डमा उनकी श्रीमतिले लिएर गएकी थिइन । शुक्रबार मात्र उनको कोरोना परीक्षण गर्ने भनि अस्पतालले समय दियो । प्रीआइसोलेशनमा राखिएका उनी शुक्रबार एकाएक अस्पतालबाट गायब नै भए । उनी हालसम्म बेपत्ता छन । शुक्रबार एक बजे सम्म उनी परिवारको सम्पर्कमा रहेको उनका भाई हनिफ महम्मदले जानकारी दिए । अस्पतालको प्रि आइसोलेशनबाट बसिर अहम्मद कसरी बेपत्ता भए ? उनी हाल कहाँ छन ? उनको अवस्था के छ ? हाल कसैलाई पनि थाहा छैन । उनले प्रयोग गरेको मोवाइल हाल सुतेको बिस्तारामा छोडेर गएका छन ।

परिवारका अनुसार बिरामी आफै डराएको अवस्थामा रहेको कारण अन्य कुनै निर्णय गर्न नसकेको बताए । प्रि आइसोलेशनबाट बिरामी निस्किएर जाँदा पनि कसैले वास्ता नगर्नु अस्पतालको कमजोरी रहेको आफन्तको आरोप छ । यस बिषयमा अस्पताल प्रशासनले भने प्रहरीलाई खबर गरिएको र खोजी कार्य भैरहेको जनाइएको छ। २ जना स्वास्थ्यकर्मी र १ जना कार्यालय सहयोगी रहेको ठाउँबाट केही नभनी बिरामी कता गए भन्ने एकिन नै भएन , अस्पताल प्रशासन बताउँछ । यसरी अस्पतालको प्रि आइसोलेशनबाट बिरामी हराउन थाले पछि यसको जिम्मा कस्ले लिने ?

Show More

Related Articles

Back to top button