साहित्यAll

कविता: फेरि बालक हुन पाए

फर्केर बालापन फेरि आउँदा
आमा बुबाको प्रिय काख पाउँदा
उत्साहले आँगनमा म खेल्दथेँ
बाबासँगै घुम्न सदैव लाग्दथेँ।।

मुस्कान भर्दै रसराग साथमा
सोधी नयाँ प्रश्न हजार लाखमा
आमा बुबासाथ बसेर काखमा
खेल्दै म हिँड्थेँ सब मित्र साथमा।।

भाडाकुटी आँगनमा म खेल्दथेँ
साथी र संङ्गी बटुली रमाउथेेँ
घुर्की लगाई कहिले रिसाउथेँ
मागेर माफी कहिले फकाउथेँ।।

राखेर कापी र किताब ब्यागमा
जाने थिएँ पढ्न प्रफुल्ल भावमा
लिन्थेँ नयाँ ज्ञान पढेर ध्यानले
राख्थेँ बुबाको शिर उच्च मानले।।

गर्थेँ चलाई मन चित्त पाखुरा
पानी पधेरो अझ घाँस दाउरा
विश्वास राखी मनले डटेर म
बन्ने थिएँ उज्ज्वल गर्व साथ म।।

Show More

Related Articles

Back to top button