Uncategorized

करादिप सामुदायिक होमस्टे भवनको उदघाटन

दमौली खबर सम्बाददाता

चैत १ ,देवघाट तनहुँ

देवघाट गाउँपालिका वडा नम्बर २ मा रहेको करादिप सामुदायिक होमस्टे नव निर्मित भवनको उदघाटन गरिएको छ । भवनको उद्घाटन देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र जेष्ठ नागरिक नन्दिसरा थापामगरले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रम बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिकाको बिकास क्रमिक रूपमा अगाडी बढीरहेको बताए । उनले सबैको साथ र सहयोगले सामुदायिक होमस्टे भवनको निर्माण कार्य सम्पन्न भएको बताए ।

जनजातीहरुको बसोबास बढी भएको हुनाले पनि भेषभुषा र संकृति संरक्षणको लागि र प्रचारप्रसारको लागी सबैले आ आफ्नो ठाँउ बाट लाग्नु पर्नेमा उनले जोड दिए । गत बैशाख बाट निर्माण कार्य सुरु भएको करादिप होमस्टेको भवन निर्माण सम्पन्न गर्नको लागी प्रदेश सरकार बाट १० लाख,प्रधानमन्त्री स्वारोज कार्यक्रम बाट ३ लाख ६४ हजार, देवघाट गाउँपालिका कार्यालय बाट १ लाख ५० हजार र जनसमुदाय बाट ४ लाख २० हजार बराबरको जनश्रमदान गरि करीब २०लाख बराबरको लागातमा भवन निर्माण भएको हो । होमस्टेको अध्यक्ष यम बहादुर थापामगरको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

Show More

Related Articles

Back to top button