Uncategorizedजीवनशैली

एम्बुलेन्स खरिद शुभारम्भ अभियान संगै सहयोग जुट्न थाल्यो

नेपाल रेडक्रस सोसाइटी व्यास–१० दुम्सीकोट उपशाखाको सक्रियतामा सोसाइटीको ५८ औ स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिद शुभारम्भ अभियान शुरुवात संगै सहयोग रकम जुट्न थालेको छ ।गत शुक्रबारबाट सहयोग संकलन शुभारम्भ गरेको दिनमै रु.तीन लाख बढि रकम संकलन गरेपछि आर्थिक सहयोग रकम जुट्न थालेको हो ।

शनिबार मात्रै एम्बुलेन्स खरिद गर्नकै लागि चन्द संकलन समितिका संयोजक ईश्वर पौडेलले रु.२१ हजार एक सय एघार र वडाध्यक्ष तुलसीराम सापकोटाले रु.एघार हजार एक सय एघार चन्दा संकलन गर्नुभएको छ ।नेपाल रेडक्रस सोसाइटी व्यास–१० दुम्सीकोट उपशाखाको सक्रियतामा सोसाइटीको ५८ औ स्थापना दिवसको अवसरमा शुक्रबार एम्बुलेन्स खरिद शुभारम्भ अभियान शुरु गरिएको छ ।

सामुदायिक एम्बुलेन्स संञ्चालन गरी आमनागरिकहरुलाई सहुलियत दरमा उपलव्ध गराउने उद्देश्यले उक्त अभियान शुरु गरिएको हो ।नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका संस्थापक सभापति स्व.शंकर गिरीको परिवारबाट रु.५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएपछि कार्यक्रमको शुभारम्भ गरिएको हो ।

उक्त समयमा विभिन्न व्यक्तिहरुबाट गरी एकै दिनमा रु.तीन लाख बढि रकम संकलन भएको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले जनाएको छ ।एम्बुलेन्स खरिदको लागि व्यक्ति,विभिन्न संघसंस्था तथा पालिकाहरुसंग सहयोगको अपेक्षा गरिएको अर्थ संकलन तथा खरिद समितिका सदस्य सचिव श्रीकृष्ण आचार्यले बताए ।करिब रु.३० लाख संकलन गर्ने लक्ष्य राखिएको छ । उनले भने, ‘करिब १७ लाख एम्बुलेन्स खरिद गरी बाँकी हुन आएको रकम कोषको रुपमा स्थापना गरी परिचालन गरिनेछ ।’

पाँच महिनाको अवधिमा रकम संकलन गर्ने र तीन महिनामा खरिद प्रक्रिया पुरा गरी आठ महिनाको अवधिमा एम्बुलेन्स संञ्चालनमा ल्याइने योजना रहेको नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाका सभापति रामदत्त पौडेलले बताए ।एम्बुलेन्स संञ्चालन पश्चात सुत्केरी,दैबी प्रकोपको लागि १५ प्रतिशत,कोभिड १९ का बिरामीलाई २५ प्रतिशत भाडादरमा छुट गरिने छ भने बिपन्न,गरीब,असह्यालाई निशुल्क सेवा सुविधा प्रदान गर्ने लक्ष्य रहेको छ ।

एम्बुलेन्स भाडादर अहिलेलाई नतोकिएपनि एम्बुलेन्स निर्देशिका अनुरुप नेपाल सरकारको मापदण्ड अनुरुप संञ्चालन गरिने बताइएको छ । ईश्वर पौडेललको संयोजकत्वमा १५ सदस्यीय अर्थ संकलन तथा खरिद समिति गठन गरिएको छ ।

Show More

Related Articles

Back to top button