समाचारAll

एमाले प्रदेश कमिटीको अध्यक्षमा सिग्देलले उम्मेदवारी दिने

दमौली खबर संवाददाता

दमौली, असोज १०

नेकपा एमाले तनहुँका निबर्तमान अध्यक्षमा केदार सिग्देलले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यहि असोज १५ र १६ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोखरामा हुने गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सिग्देलले अध्यक्ष पदमा उम्मेदवारी दिने बताउनुभयो ।

२०३३ सालवाट विद्यार्थी राजनितीवाट कम्युनिष्ट आन्दोलनमा लागेको सिग्देल ०३५ सालदेखि पार्टीमा काम शुरु गरेका हुन् । पंचायती व्यवस्थाको विरुद्धमा लाग्दा शिक्षण पेशावाट निष्काशित हुनुपरेका सिग्देल ०४५ सालदेखि पुर्णकालिन भुमिगत कार्यकर्ता भएर पार्टीमा काम गर्नु भएको छ । ०३५ सालदेखि हालसम्म राजनितीमा निरन्तर क्रियाशिल सिग्देल पार्टी र आम जनतामा सादगी, प्रष्टवक्ता र कम्युनिष्ट नेताका रुपमा चित्रित छन् ।

पार्टीको गाँउ कमिटी अध्यक्ष, क्षेत्रीय ईन्चार्ज, जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी कार्यलय सचिव, जिल्ला उपसचिव हुदै निरन्तर राजनितीमा सक्रिय सिग्देल ०६५ सालमा पार्टीको तनहुँ जिल्लाका अध्यक्षमा निर्वाचित हुनुभयो । ०६५ देखि ०७८ सालसम्म २ कार्यकाल तनहुँ जिल्ला पार्टी अध्यक्षका जिम्मेवार सम्हालेका सिग्देलले ०७४ सालको संघिय निर्वाचनमा तनहुँको ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचनमा वाम उम्मेदवारलाई जिताउन सफल हुनुभयो ।

Show More

Related Articles

Back to top button