समाचारEnglishगण्डकी प्रदेशAllसूचना प्रविधिपत्रपत्रिकाबाट
Trending

दमौली बजार एकाईकोे सभापतिमा घिमिरेको उम्मेद्धवारी दर्ता


दमौली खबर सम्बंददाता
दमौली, चैत २७ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको सभापति पदमा दधिराज घिमिरेले उम्मेद्धवारी दर्ता गराएका छन् ।शुक्रवारबाट शुरु भएको एकाईको २५ औं साधरण सभा तथा ११ औं अधिवेशनमा घिमिरेले सभापतिका पदकालागी उम्देवारी दर्ता गराएका हुन् ।
ब्यापारिहरुको छाता संगठन एकाईमा २०६६ साल लामा सक्रिय सदस्यको रुपमा प्रवेश गरेका घिमिरेले हाल सम्म कोषाध्यक्ष तथा सचिव पदमा रहेर ब्यावसायिक हक हितका लागी काम गरेको लामो अनुभव हासिल गरेको उनले बताए ।
लामो समय देखि ब्यापार क्षेत्रमा रहेका घिमिरेको ब्यास –२ स्थित विजि सप्लार्यस , म्याग्देमा कुञ्जल राईस मिल लगायतका ब्यावसायिक फर्म रहेका छन् ।
विभिन्न समाजिक क्षेत्रमा समेत आवद्घ रहेर घिमिरेले सामाजिक उत्तदरदायित्व वहन अन्र्तगत दमौली आसपास र तनहुँको सामाजिक क्षेत्रमा समेत कार्य अनुभव रहेको वताउँदै एकाईलाई चुस्त दुरस्त राख्न तथा ब्यायसायिक हक हित र एकताको लागी आफ्नो उम्दवारी रहेको बताए । राज्यले लागु गरेको ब्यावसायिक कर प्रणाली कार्यन्वयनका लागि करदाता शिक्षा प्रदान गरी अनावस्यक रुपमा कर जरिवाना तिर्न बाट ब्यावसायिलाई जागरण गर्ने देखि विभिन्न फुटकर तथा स्थानिय हाट वजारहरुलाई नगरपालिका संगको सहकार्यमा ब्यावस्थित वनाउने बताए । उनले ब्यापार ब्यावसाय प्रर्वद्घनका लागी ब्यापार मैत्री वातावरण र ब्यावसायीक एकताका लागी आफु सदैव लाग्ने समेत बताए ।

Show More

Related Articles

Back to top button