एमाले तनहुँको अधिवेशनको मिति सर्याे
तनहुँ, चैत्र २४ गते
नेकपा एमाले तनहुँको ११ औं जिल्ला अधिवेशनको मिति सरेको छ । यसअघि २०८१ वैशाख ७ र ८ लाई तय भएको अधिवेशनको नयाँ मिति वैशाखकै २८ र २९ गते तोकिएको सचिव राजेश्वर ढकालले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा र प्रदेश सभा सदस्यका लागि बझाङ १ क मा वैशाख १५ गते हुने उपचुनावका लागि नेताहरु केन्द्रित हुनुपर्ने भएकाले अधिवेशन सारिएको जानकारी दिनुभयो ।
अधिवेशनमा अध्यक्षका आकांक्षीहरुमा एमालेका जिल्ला नेताहरु श्रीराम कार्की, हरिराज कँडेल, राजेश्वर ढकाल, विष्णुभक्त सिग्देल र प्रदीपराज अधिकारी रहेको स्रोतको दावी छ । कार्यकारी पदमा जनप्रतिनिधिहरुले दावी गर्न नपाउने नीतिगत निर्णय गरेकोले प्रस्पिर्धी सङ्ख्यामा कमी आएको बताईएको छ । हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ माग्दे गाउँपालिकाको अध्यक्ष हुनु भएकोले उहाँले दाबी गर्न नमिल्ने भएको छ ।


