समाचार

आदिकविको छात्राबासमा पानीको समस्या हट्यो

व्यास १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा निर्माण गरिएको शहीद नेपाली छात्रवासमा पानीको चरम समस्या हटेको छ । जिल्लाको देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा पानीको व्यवस्था गर्न इनार निर्माण गरि पानीको पूर्ति गरिएको हो । केही समय अघि देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापाले छात्रावासको भ्रमण गरि इनार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए पश्चात उक्त पालिकाले छात्राबासमा इनार निर्माण योजानाका लागि २ लाख आर्थिक सहायता गरेको थियो । क्याम्पस नजिकै रहेको बुल्दीखोला किनारमा इनार निर्माण गरी पानी तानेर छात्रवाससम्म ल्याईएको हो । उक्त योजनाको देवघाट गाउँपालिकाका प्राबिधिक शाखाका इन्जिनियर प्रकाश देवकोटा सहितको प्राबिधिक टोलिले मङ्सिर ७ गते अनुगमन सम्पन्न गरेको छ । छात्रवासमा खानेपानीको व्यवस्था भए पनि नुहाउन र कपडा धुन समस्या रहेको थियो । क्याम्पसले उक्त योजनाको लागत अनुमान बमोजिम बुल्दिखोला किनारामा डोजरले खाडल खन्ने, पानी छान्न खाडल देखि सतह सम्म गिट्टी भर्ने, खडलमा सिमेन्ट रिङ्गहरु स्थापना गर्ने, ह्युम पाइप खडा राख्ने, सतहमा कन्क्रीट ढलान गर्ने र त्यस माथि ढुङ्गाको गार्हो लाउने, पम्प र खानेपानीको पाइप जडान गर्ने कार्य सम्पन्न भैसकेको छ । सो अवसरमा टोलिले योजनाको निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर थापा लगायत समितिका सदस्यहरुसंग योजनाको लागत अनुमान अनुसारको भुक्तानी प्रक्रियाको बारेमा पनि छलफल गरेको थियो । सो अवसरमा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, सहायक क्याम्पस प्रमुख कल्पना लम्साल र क्याम्पस संचालक समितिका सदस्य सबिता पण्डित लगायतको उपस्थिती रहेको थियो । देवघाट गाउँपालिकासँग कुरा राख्दा रु दुई लाख आर्थिक सहयोग गरेको उक्त क्याम्पस प्रशासनले जनाएको छ ।

Show More

Related Articles

Back to top button