हेडलाईनविचारAll

आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप

आजको राष्ट्रिय राजनीतिमा राष्ट्रिय मेलमिलाप
बुद्धिप्रसाद लामिछाने

नेपालको राष्ट्रिय राजनीतिमा नेपली काँग्रेसको संस्थापक नेता बि पि कोइरालाको अतुलनीय योगदान रहेको छ। नेपालको आधुनिक राष्ट्रिय राजनीतिको सन्दर्भमा राष्ट्रीयता, प्रजातन्त्र र समाजवादको प्रतिपादक र कुशल व्याख्याता बि पि कोइराला नै अग्रपंक्तिमा रहेका छन्।बिपिको जिवनका अनेकौं अनुभव घात प्रतिघात प्रतिस्पर्धा र देशीविदेशी षडयन्त्रको निष्कर्ष राष्ट्रिय मेलमिलाप हो। यो बिल्कुल सैद्धान्ति र नेपालको राष्ट्रिय हित र राष्ट्रियता प्रतिको समर्पणले अोतप्रोत थियो। सत्तारुढ र शक्तिको गन्ध यसमा थिएन मात्र नेपालीको राष्ट्रिय एकता भौगोलिक अवस्थिति, शंबेदनशिलता अनुसार नेपालको मौलिक हितमा परिलच्छित थियो ।नेपालका सबै राजनैतिक शक्तिहरूलाई ससम्मान नेपालको राष्ट्रिय राजनीतिमा सक्रिय र बैधानिक बाटोमा हिडाउने र नेपाली नागरिकले बिश्वरंङगमन्चमा आफ्नो अस्तित्वको, उपस्थितको सगौरव चीरकाल पर्यन्त स्थापित गराउने पुनित चेतना नै राष्टय मेलमिलाप हो। विश्वमान चित्रमा देशहरू बिलाउने मत्स्य न्यायको पछिल्लो तिब्बत चिनीकरण र सिक्किम भारतीय करणको तितो अनुभवबाट २०३३साल पौष १६ गते लामो प्रवासी जिवन त्यागेर राष्ट्रीयताको मामलामा राजाको घाँटी मुनि मेरो घाँटी माथि भनेर बि पि कोइराला नेपाल फर्किएका थिए। राजशक्ति र जनशक्तिको बिचमा खडा गरिएको पर्खालरुपि निशेधको राजनितिको अन्त्य मात्र होइन स्वदेशलाइ बिदेशीको इशारामा कृडास्थल बनाउने र रक्तपात मच्चाएर नेपालको राष्ट्रिय एकता भौगोलिक अखण्डता स्वाधीनता सार्वभौमसत्ता र सांप्रदायिक सद्भाव खलबल्याउने षड्यन्त्रको बिरुद्धको अभियान हो राष्ट्रिय मेलमिलाप। कुनै पनि राष्ट्रबादी शक्ति प्रजातान्त्रिक विचारसँग नझस्क , प्रजातन्त्रवादी शक्ति जनवादी शक्तिहरु राष्ट्रबादीसँग नतर्स भनेर सबैको सहअस्तित्वको उद्घोष हो राष्ट्रिय मेलमिलाप। बिदेशीको प्रलोभन र पासो काट्ने धारिलो शक्तिशाली हतियार हो राष्ट्रीय मेलमिलाप। बिपि राष्ट्रबादको नाममा अधिनायकवादी र प्रजातान्त्रको नाममा बिदेशीको मतियार कहिलै हुनुभएन जुन कुरा आजका शीर्ष नेताहरुमा पटकपटक अनुभव गरिएको नेपाली नागरिकले महसुस गरेर दु:खित भएका छन। आफ्नो सत्ता स्वार्थका लागि बिदेशको तावेदारी गर्नु पाखण्डपन हो।आडम्बरले अहङ्कारले र अज्ञाले छोपिएको तथाकथित तत्कालीन राज्यशत्ता र गैरराजनीतिक गैरप्रजातान्त्रिक शक्तिले राष्ट्रिय मेलमिलापको महत्व समयमा नबुझेरै आज पष्चातापमा छन्।’समय आउछ पर्खदैन चुक्ने बडो मर्ख हो’ । बगेको खोला फर्कन्न समले कसैलाइ परखन्न ।
आज आपसि टुटफुटमा ,गुफा र गुटमा आबद्ध असचेत अन्धभक्त र नीजि सत्ता स्वार्थलाइ ,लुट र झुटलाइ गैरराजनैतिक सस्कारहिन गालिगलौच अपारदर्शी ब्यबहार लाइ र कुण्ठा इर्षा द्वयस आफैराँड देशैभाड ,लथलिङग देश भताभुङ्ग चालालाइ महान छलाङ भन्ने ठान्ने शत्तापक्षको शीर्षभनाउदा अदुरदर्शि र प्रतिपछले सत्तामोहको कुर्सिआसक्त निन्द्राबाट बिउँझीएर निस्वार्थ राष्ट्रिय मेलमिलापको रसस्वादन गरे मतिमा केहि सुद्धिकरण आउँथ्यो कि? आफ्नो जीवनलाई खतरामा पारेर मुलुकको हितका लागि अर्पित आदर्श नै राष्ट्रिय मेलमिलाप हो ।
म नै राज्य हो ,म नै सिद्धान्त हो,म नै सास्वत नीधिपति हो,म कसैको प्रतिनिधि है। ,मेरो सत्ता नै लोकतान्त्रिक हो म नै प्रजातन्त्र हो मेरो बिकल्प खोज्नेहरु देशद्रोही हुन अराजक हुन , असामयिक रअसामाजिक हुन ,मेरो आलोचना अबज्ञ गर्नेहरु अराजनीतिक हुन भन्ने चिन्तन राख्नेहरु आफ्ना सन्तानलाई संसारको सबै साधनस्रोतको पहुँचमा राखने नबुझेका अभाव र पिडाबाट व्यथित ,रोग र भोकमारीबाट प्रताडित गरिब दिन दु:खि नेपाली नागरिकलाई चिसो सडक र हिंसाको आगोमा धकलेर हिजोको चन्दे प्याटप्याटे आज आलिसान महलबाट सम्पन्नता ताप्नेहरु हिजोको सामन्ति व्यवस्था र राजा महाराजा भन्दा कसरी भिन्न भए ?
बिपि कोइराला गरिब किसान भरिया मजदुरको फाटेको गनाएको पसिनाले निथ्रुक्क भिजेको कपडा चन्द्रशमशेरलाई उपहार पठाएर जनताको वास्तविक जीवनको अवस्थाको सन्देश दिने र देश र जनताको पक्षमाकाम गर्न उत्प्रेरित गर्ने र नयाँ कपडा ति मजदुर किसानलाई दिने समाजसेवी कृष्णप्रसाद कोइरालाको संस्कृति र संस्कारबाट संस्कारित राजनेता थिए ।बि पि कोइराला राणाशासनको बिरुद्धमा थिए तर राणाहरुको बिरुद्धमा थिएनन। पंचायती व्यवस्थाको बिरुद्धमा थिए पंचहरुको बिरोधमा होइन । अधिनायकवादी शासन कम्युनिष्ट ब्यबस्थाको बिरुद्धमा थिए तर कम्युनिष्टहरुको बिरोधमा होइन। कुनै ब्यक्तिको निजिविचार आस्थाको उच्चतम सम्मान गर्नुहुन्थ्यो बि पि। आफ्नो राजनैतिक प्रजातान्त्रिक आस्थामा प्रतिबद्ध असहमत आस्थाको सम्मान बि पिको प्रजातान्त्रिक सांस्कृति र संस्कार थियो । राजनीति ठुलो हुन पदमा जान होइन गरिब किसानको मजदुरको जीवनमा सुख शान्ति समृद्धि प्राप्त गर्न राजनीति गर्नु पर्छ भन्ने मान्यता बि पि मा थियो। गाउँको बिकास नै नेपालको बिकास हो। जनताको स्वास्थ्य शिक्षा आबास र जिवनका आधारभूत आवश्यकता नै प्रजातान्त्रिक समाजवादको आधार मान्नुहुन्छ वि पि।
राष्ट्रको हितको बिषयमा कुनैपनि निर्णय गर्न कठिनाइ उत्पन्न भएमा जन्मभूमिको एक मुठि माटो आफ्नो छातिमा राख सोच अनि निर्णय गर्ने क्षमता निर्माण हुन्छ भन्ने मौलिक राष्ट्रवादी भाव वि पि मा थियो।देश भनेको भूगोल मात्र होइन त्यस भुगोलमा अवस्थित नगरपालिका अस्तित्वको सार्वभौम सत्ता अखण्डता स्वाधीनता र आर्थिक सामाजिक सांस्कृतिक राजनीतिक अधिकार पनि हो । निषेधको राजनितीको अन्त्यको र सबै राजनैतिक राष्ट्रिय शक्तिको, मुल्य मान्यता आदर्शको वस्तुनिष्ठ सहअस्तित्वको मार्मिक कठी जुन नेपाली नागरिकको राष्ट्रिय एकता द्योतक हो राष्ट्रिय मेलमिलाप ।

Show More

Related Articles

Back to top button