समाचारमनोरन्जनखेलकुद

टाइगर ल्याण्डले उठायो क्यामिन स्टार कप

व्यास नगरपालिका वडा नं। ९ मा रहेको क्यामिन स्टार युवा क्लबले आयोजना गरेको फुटबल प्रतियोगितामा टाईगर ल्याण्ड युथ क्लब प्रथम र समली युथ क्लब दोश्रो भएका छन् । प्रथम हुनेले ५० हजार रुपैया र दोश्रो हुनेले २५ हजार रुपैया प्राप्त गरेको प्रतियोगिताको फाईनल खेलमा टाईगर ल्याण्ड युथ क्लबले समली युथ क्लबलाई २ को विरुद्ध ३ गोल गरि विजयी भएको थियो ।
प्रतियोगिताको उत्कृष्ठ खेलाडि समली युथ क्लबका सुमन श्रेष्ठ, उत्कृष्ट गोरक्षक टाईगर ल्याण्ड युथ क्लबका अमिन रानाभाट र सर्वाधिक गोलकर्ता कृष्ण थापा हुनुभएको थियो ।
पुष १० गते शुरु भएको प्रतियोगितामा जम्मा २१ टिम सहभागि भएका थिए ।

Show More

Related Articles

Back to top button