Uncategorizedपत्रपत्रिकाबाट

आखिर कस्ले दियो त दमौलीमा अन्य पसल खोल्ने अनुमति ?

राजेन्द्र परियार
जेठ १४ दमौली

बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ बिरुद्ध सरकारले लक डाउन गरेको अबस्था रहेको छ । झण्डै ९ हप्ता भन्दा देखी जारी लक डाउन कहिले खुल्ला र सहज बताबरण होला भन्ने एकिन गर्न सकिएको छैन् । बिश्वका शत्तिशाली देश समेतलाई हम्मेहम्मे पारेको यस कोरोना भाइरस बिरुद्ध सबैले सतर्कता अपनाउनु पर्ने बेला स्थानिय तहनै सम्वेदनसिल बन्न सकेको छैन् । सतर्कता  उपनाउनु त परै जाओस् झनै जोखिम गराई लक डाउन खुकुलो गराउन तर्फ तनहुँका स्थानिय तह लागेको छन् । तनहुँको छिमेकी जिल्ला स्याङजामा समेत देखिएको यस भाइरस बिरुद्ध स्थानिय तहले सतर्कता उपनाउन सकेको छैन् । लक डाउनको समयमा अत्यावश्यक पसलहरु जस्तौ खाद्यान्न, औषधी ,तरकारी पसल लगाएत मानबिय जिबनमा चाहिने सामान बाहेक अन्य पसलहरु खोल्न पाइदैन् ।

तर तनहुँको सदरमुकाम दमौलीमा भने लक डाउन उल्लंघन गर्दै अत्यावश्यक बाहेकका पसलहरु पनि खुल्न थालेका छन् । व्यास नगर पालिकाले दमौली बजार ईकाईको समन्वयमा हप्तामा चार दिन सोमबार देखि बिहिबार सम्म निश्चित समयमा पसलहरु संचालन गर्न अनुमति दिएका थिए ।

निश्चित समय तोकिएको हुनाले मानिसहरुको चहलपहल निकै बढ्न थाल्यो । जस कारणले कोरोना भाइरसको जोखिम झनै बढ्न सक्ने देखिएको छ ।  हामीले यस बिषयमा व्यास नगरपालिका का प्रमुख बैकुण्ठ नाथ न्यौपाने , तनहुँ प्रहरी प्रमुख एसपी बिनोद सिलवाल र तनहुँ उद्योग बाण्ज्यि संध दमौली बजार इकाईका सभापति राज कुमार श्रेण्ठ संग गरिएको भनाई राख्न गैइरहेको छौं । तर व्यासका मेयर र बजार इकाईका सभापतिले भने गैर जिम्मेबार पुर्ण भनाइ दिएका छन् ।

व्यास नगरपालिकाका मेयर न्यौपाने
लक डाउनको सुरुमा भन्दा अहिले कम चहलपहल भएको बताए । हामीले अत्याबश्याक पसलहरु बाहेक अरु पसल खोल्ने अनुमति दिएको छैनौं । यस बिषममा मलाई भन्दा पनि बजार इकाईको सभापतिलाई सम्पर्क गर्न सुझाए ।

एसपी बिनोद सिलवाल
हामीले त नगरपालिका संग समन्वय गरेर काम गर्ने हो, बन्द गर्नुस भनेर हामीलाई भन्नु भयो भने हामीले तुरुन्तै बजार बन्द गराउछौं ं।

बजार इकाई सभापति राकु

उनले भन्ने
बजार इकाईमा बजारका व्याबसाय साथीहरु डेलिकेसन आउनु भएको थियो । अन्य पसलहरु खुलेको छन् । हामीले पनि खोल्न पाउनु पर्छ भनेर, हामी संग भएको पैसाहरु पनि सकिदैछ पसल खोल्न पाउनु पर्छ भन्नु भयो तेही भएर हामी खोल्नुस भनेर भनेको हौं तर सबैलाई खोल्नुस भनेर भनेको छैनैं ।
यस्तो समयमा जिल्ला प्रशासन र व्यास नगरपालिकाले कडाई सहित भुमिका खोल्नु पर्ने देखिएको छ ।

तस्विरः मदन तिमिल्सेनाको फेस्बुक वाल बाट

Show More

Related Articles

Back to top button