आँबुखैरेनीनगरपालिकापत्रपत्रिकाबाट

आँबुखैरेनी समाज काठमाण्डौंद्धारा गाउँपालिकाको राहत कोषमा ५० हजार ५ रुपैंया सहयोग जम्मा

 

आँबुखैरेनी, २४ बैंशाख

। आँबुखैरेनी समाज काठमाण्डौंले आँबुखैरेनी गाउँपालिकाको कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि गाउँपालिकाको सो कोषको खातामा समाजले नगद ५० हजार ५ रुपैंया जम्मा गरेको हो । माछापुच्छ्रे बैंक लि. आँबुखैरेनी शाखामा रहेको कोषको खाता नं. ग–७–२–२७०१५२४६१८४५४०६८ मा नगद ५० हजार ५ रुपैंया जम्मा गरिएको भौंचर गाउँपालिका अध्यक्ष गिर बहादुर थापालाई आज हस्तान्तरण गरिएको समाजका सचिव मनोज केसीले जानकारी दिनुभयो । भौंचर हस्तान्तरण कार्यक्रममा आँबुखैरेनी समाज काठमाण्डौंका कोषाध्यक्ष जनज्योती अर्याल, सचिव मनोज केसी, सदस्य राजेश श्रेष्ठ र आजीवन सदस्य सरोज दुवाडीको उपस्थिती रहेको थियो । यस बिषम परिस्थितीमा गाउँपालिकाको राहत कोषमा समाजले आर्थिक सहयोग जम्मा गरेको भन्दै गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले आफ्नो व्याक्तिगत तथा गाउँपालिकाको तर्फबाट आँबुखैरेनी समाज काठमाण्डाैंलाई बिशेष धन्यवाद ज्ञापन प्रकट गर्नुभएको छ ।

Show More

Related Articles

Back to top button