आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहर बिच भगिनी सम्बन्ध
दमौली खबर संवाददाता
तनहुँ, वैशाख ११ गते
तनहुँको आँबुखैरेनी गाउँपालिका र चीनको शाओशान शहरबीच भगिनी सम्बन्ध कायम गरिएको छ । चीनको भ्रमणमा रहेका आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधीले सम्बन्ध कायम गरेको हो ।
सम्झौतापत्रका गाउँपालिकाका अध्यक्ष चुक्र र चुमान र शाओशान शहरका नगर प्रमुखले हस्ताक्षर गनुर्् भएको छ । दुईबीच मित्रता कायम गर्ने आशयपत्रमा उल्लेख गरिएको छ । आर्थिक, व्यापारिक, शिक्षा, सास्कृतिक, कृषिमा सम्बन्ध बढाउने पर्यटन प्रवद्र्धनमा जोड दिने उल्लेख गरिएको छ ।
भगिनी सम्बन्धले आँबुखैरेनी गाउँपालिकाको विकासका लागि कोशेढुङ्गा हुने अध्यक्ष चुमानले बताउनुभयो । चीनले गरेको आर्थिक, शैक्षिक, पर्यटन क्षेत्रमा मारेको छलाङलाई प्रत्यक्ष रुपमा अनुभव लिन सम्झौताले मद्धत पुग्ने अध्यक्ष चुमान बताउनुहुन्छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणका क्रममा उक्त शहरसँग भगिनी सम्बन्ध कायम गरिएको हो । अध्यक्ष चुमानले भन्नुभयो यस्तो मित्रताको सम्झौताले आँबुखैरेनीको विकास र हितका लागि सहयोग पुग्छ ।’ सहमतिपत्रमा दुवै पक्षले आधिकारिक तथा गैरसरकारी भ्रमण आदानप्रदान गर्ने उल्लेख छ ।
त्यस्तै दुवै पक्षले आपसी विकास र समृद्धिका लागि अर्थतन्त्र, व्यापार, शिक्षा, संस्कृति, कृषि र पर्यटनका क्षेत्रमा आदानप्रदान र सहयोग गर्ने उल्लेख गरिएको छ । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङको उपस्थिति थियो ।