दमौली खबर संवाददाता
तनहुँ, फागुन २८ गते
नेपाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेश सरकार खारेजी गर्न नहुने बताउनु भएको छ । आँबुखैरेनी गाउँपालिकाको सातौं स्थापना दिवसको शनिबार उद्घाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनु भएको हो । देश विकासको लागि तीन तहकै सरकारको आवश्यकता रहेको बताउनु भएको छ । जनता ठुलो त्याग र बलिदानीले तीन सरकारको स्थापना भएकोले संरक्षण गरिनु मन्त्री शर्माको भनाई थियो ।
महङ्गो भयो, भड्किलो भयो त्यसले गर्दा प्रदेश सरकार खारेजी गर्नुपर्छ भनेर सडक, सदनमा समेत कुरा उठाउने गरिएको उल्लेख गर्दै यो मन्त्री शर्माले सङ्घीता मास्नको लागि गरिएको षडयन्त्र भएको बताउनुभयो । ‘तीन तहका सरकार सम्हाले कुनै एक व्यक्तिले खराब भए होलान् त्यसलाई प्रचार गरेर व्यवस्थालाई नै खराब भन्न खोजिएको छ त्यस प्रति सजक हुनु पर्छ’ मन्त्री शर्माले भन्नुभयो । सङ्घ सरकारले मन्त्रालय घटाईएको र प्रदेश सरकारलाई पनि सानो आकारकै बनाउने कार्य भईरहेकोले पहिले भन्दा बढी खर्च नभएको मन्त्री शर्माको भनाई थियो । जनताले लडेर ल्याएको तीन तहको सरकारको विषयमा आवश्यकता छैन भन्ने खालका कुराहरु फैलाएरु षडन्त्रण भएका छन्, हिजो गाविस, आजको गाउँपालिका र वडाले दिने सेवा र सुविधा धेरै फरक छ’ मन्त्री शर्माले भन्नुभयो । कुनै एकले बदमासी ग¥यो होला, व्यक्तिले गरेको नराम्रो काम गरेको प्रचार गरेर बेठीक भन्नु गलत भएको उहाँले बताउनुभयो ।
तीनै तहको सरकारको संरचनालाई जोगाउनु पर्छ बजेट माग्न राजधानी धाउनु पर्ने अवस्थाको अन्त्य हालको व्यवस्थाले गरेको मन्त्री शर्माको भनाई थियो । स्थानीय सरकारले सरल र सुलभ ढङ्गले काम गर्न सक्ने हुँदा जेठ १५ गते बजेट, सङ्घ, प्रदेश तथा स्थानीय सरकारको आफ्नो क्षेत्रधिकार अनुसारकै हुने मन्त्री शर्माको भनाई थियो । ‘सङ्घ सरकारले नीति निर्माण गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरु, राजमार्गहरु र ठुला ठुला आयोजना सम्पन्न गर्ने, प्रदेश सरकारले प्रदेश कानुन बनाउने, मझौला खाले आयोजनाहरु सम्पन्न गर्ने र साना योजना र आफ्नो आयोजनाको रुपमा काम गर्ने स्थानीय सरकारको क्षेत्रमा पर्ने व्यवस्था छ मन्त्री शर्माले भन्नुभयो, यो नै सबैभन्दा उक्तम व्यवस्था हो ।’
सबैको साझा भएर गरिने कामले नै समृद्धी ल्याउने मन्त्री शर्माको भनाई थियो । योजना निर्माणमा तछाड र मछाड गर्ने र जस लिने होडबाजी गरियो भने विकास सम्भव नहुने उहाँले बताउनुभयो । ‘सबै मिलेर काममा प्रतिपस्र्धा गरेर नेपाल भरीमै सबैभन्दा सेवा प्रवाह मैले मेरो सरकारमा गर्छु भनेर समृद्धिको ढोका खोल्न बेर लाग्दैन’ मन्त्री शर्माले भन्नुभयो । नेपाल संसारका सबै प्रविधिको प्रयोग गर्ने विद्यार्थी भाईबहिनीहरुले प्रविधिको सही सदुपयोग गर्ने कार्यमा ध्यान दिईनु पर्ने उहाँले बताउनुभयो । आईसीटी ल्यावको प्रयोग गरेर विद्यालयको उत्कृष्ट बनाउन सकिने मन्त्री शर्माले बताउनुभयो ।
दुरसञ्चार प्राधिकणसँग सहकार्य गरेर स्मार्ट स्कुल कार्यक्रम बनाउने योजना गरेको सञ्चारमन्त्री शर्माले बताउनुभयो । ८, ९ र १० का नतिजा कमजोर विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्मार्ट स्कुल बनाउन काठमाडौंको राम्रो विद्यालयमा स्टुडियो खोल्ने र स्मार्ट स्किन राखेर नेपालका उत्कृष्ट शिक्षकहरुबाट पठाउने र त्यति स्किनको सहायतामा गाउँमा विद्यालयका विद्यार्थी अध्ययन गर्ने अवसर प्रदान गर्न लागिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले पिछडिएको क्षेत्रको विकासको लागि प्राथामिकता दिनु पर्ने बताउनुभयो । देशको सबै नागरिकलाई राजनीतिक परिवर्तनको आभाष दिलाउन विकासको पहुँचमा नपुगेका जनतालाई प्राथमिकता दिनु पर्ने मन्त्री चुमानको भनाई थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल लगायतले राजनीतिक आग्रह र पूर्वाग्रह नगरी सबैजना मिलेर विकासमा एकजुट हुनु पर्नेमा जोड दिनुभयो । स्थापना दिवसको उपलक्ष्यक्ष आँबुखैरनीको विकासमा योगदान दिने तथा आँबुखैरेनी गाउँपालिकाको नाम चिनाउन सहयोग दिने विभिन्न १५ जना व्यक्तिलाई सम्मान गरिएको थियो ।

